Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु, सरकार गठनबारे छलफल हुने

सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु, सरकार गठनबारे छलफल हुने


  • 1.8K
    Shares

    सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु, सरकार गठनबारे छलफल हुने

    सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा चुनावपछि पहिलो पटक औपचारिकरुपमा बस्न लागेको बैठकमा निर्वाचनको मतपरिणामको समीक्षा र नयाँ सरकार गठनबारे छलफल हुने छ।

    बैठकमा नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, पार्टी उपसभापति पूर्णबहादुर खड्का र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन्।

    त्यस्तै माओवादीबाट अध्यक्ष पुष्पकमल दााहल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र महासचिव बेदुराम भुसाल सहभागी छन् भने जनमोर्चाबाट दुर्गा पौडेल सहभागी छन्।

    गठबन्धनका शीर्ष नेताहरूबीच अनौपचारिक छलफल भए पनि आजको बैठकले सरकार गठनका लागि ठोस निर्णय गर्ने बताइएको छ। 

    मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ५७ निर्वाचन क्षेत्रमा जित हासिल गरी पहिलो दल बनेको छ। नेकपा एमालेले ४४ स्थानमा विजयी भइ दोस्रो र माओवादी केन्द्र १८ स्थानमा जित हात पारेको छ। एकीकृत समाजवादी १०, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र राष्ट्रिय जनमोर्चा एक स्थानमा विजयी भएका छन्। 

     

    प्रकाशित मिति :मंसिर १९ २०७९ सोमवार - १६:०३:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij