Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

माधव नेपालविरुद्ध केपी ओलीले दायर गरेको मुद्दा हेर्न नभ्याउने हुँदै सुनुवाइ सर्‍यो

माधव नेपालविरुद्ध केपी ओलीले दायर गरेको मुद्दा हेर्न नभ्याउने हुँदै सुनुवाइ सर्‍यो


  • 1.8K
    Shares

    माधव नेपालविरुद्ध केपी ओलीले दायर गरेको मुद्दा हेर्न नभ्याउने हुँदै सुनुवाइ सर्‍यो

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ जना सांसद र एकीकृत समाजवादीको वैधानिकता सम्बन्धी विवादको रिट हेर्न नभ्याउने हुँदै सुनुवाइ स्थगित भएको छ।

    सोमबार न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयाँलको इजलासमा पेसी रहेको मुद्दाले सुनुवाइको पालो नै पाएन। २२ नम्बरमा पेसी रहेको मुद्दा हेर्न नभ्याउने भएपछि सुनुवाइ सर्‍यो।

    एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७८ भदौ १५ गते रिट दायर गरेका थिए। नेकपा एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गर्न राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेपछि ओलीले सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटमा इजलासले अन्तिम सुनुवाइ हुने भनि मिति तोकेपछि सुनुवाइ सर्दै आएको छ। 

    ओलीले तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाले एमालेले कारबाहीका लागि सिफारिस गरेका व्यक्तिलाई कारबाही नगर्नु गैरसंवैधानिक भएको रिटमा जिकिर गरिएको छ।  

    यता, एकीकृत समाजवादीले भने मंसिर ४ गते नयाँ निर्वाचनमा भाग लिइसकेको छ। मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा उक्त पार्टीले प्रत्यक्षतर्फ १० सिटमा जित हात पारेको छ भने  समानुपातिक तर्फ ३ प्रतिशतको थ्रेस होल्ड कटाउन संर्घष गरिरहेको छ।

    प्रकाशित मिति :मंसिर १९ २०७९ सोमवार - १५:११:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij