Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

प्रत्यक्षतर्फ संघ र प्रदेशमा कांग्रेस बन्यो पहिलो दल, कसले कति सिट जिते ?

प्रत्यक्षतर्फ संघ र प्रदेशमा कांग्रेस बन्यो पहिलो दल, कसले कति सिट जिते ?


  • 2.1K
    Shares

    प्रत्यक्षतर्फ संघ र प्रदेशमा कांग्रेस बन्यो पहिलो दल, कसले कति सिट जिते ?

    प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढि ५७ निर्वाचन क्षेत्रमा जित हासिल गरेर नेपाली कांग्रेस प्रत्यक्षतर्फ पहिलो दल बनेको छ।

    यस्तै, नेकपा एमालेले ४४ सिट हात पारेर दोस्रो पार्टी बनेको छ। नेकपा माओवादी केन्द्रले १८ सिट जितेर तेस्रो दल बनेको छ।

    यसैगरी प्रत्यक्षतर्फ प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादी पार्टीले १० सिट,राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले ७/७ स्थानमा जित हासिल गरेका छन्।

    लोकतान्त्रिक समाजवादी पार्टीले ४ र नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा विजयी भएका छन्। जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले १/१ सिट जितेका छन्। यसैगरी स्वतन्त्रले ५ स्थानमा जित हासिल गरेको छ। प्रत्यक्षतर्फ प्रदेशसभामा पनि नेपाली कांग्रेस पहिलो पार्टी बन्न सफल भएको छ।

    सातवटै प्रदेशका ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ११३ स्थानमा जितेर कांग्रेस पहिलो दल बनेको हो। यस्तै, नेकपा एमाले ९१ सिट जितेर दोस्रो दल बनेको छ। माओवादी केन्द्रले ५३ सिट जितेर तेस्रो दल बनेको छ।

    एकीकृत समाजवादी पार्टी १५ सिट  जितेको छ। जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ११/११ स्थानमा जित हासिल गरेको छ। लोकतान्त्रिक समाजवादी पार्टीले ९,जनमत पार्टी र  नागरिक उन्मुक्ति पार्टीले ७/७, हाम्रो नेपाली पार्टीले १ र स्वतन्त्रले १२ सिट हासिल गरेको छ।

    प्रकाशित मिति :मंसिर १९ २०७९ सोमवार - १३:०६:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij