Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन: देशभरबाट १७ जना स्वतन्त्र उम्मेदवार निर्वाचित (नामावलीसहित)

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन: देशभरबाट १७ जना स्वतन्त्र उम्मेदवार निर्वाचित (नामावलीसहित)


  • 1.6K
    Shares

    प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन: देशभरबाट १७ जना स्वतन्त्र उम्मेदवार निर्वाचित (नामावलीसहित)

    मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभामा देशभरबाट १७ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ ५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । 

    यस्तै प्रदेशतर्फ १२ जना निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार मधेस प्रदेशमा ६ जना, गण्डकीमा १ जना, लुम्बिनीमा ३ जना निर्वाचित भएका छन् । यस्तै कर्णाली र सुदूरपश्चिममा पनि १–१ जना निर्वाचित भएका छन् । 

    प्रतिनिधिसभातर्फ मोरङ १ बाट योगेन्द्र मण्डल, सर्लाही ४ बाट अमरेश कुमार सिंह, रौतहट २ बाट किरण कुमार साह, रौतहट ३ बाट प्रभु साह र बर्दिया २ बाट लालवीर चौधरी निर्वाचित भएका छन् ।

    यसैगरी प्रदेशतर्फ मधेस प्रदेशसभामा अनिरुद्ध कुमार सिंह, सुरिता कुमारी साह, जवाहर लाल कुशवाहा, केशव राय, शारदा शंकर प्रसाद कलवार र प्रमोद कुमार जयसवाल निर्वाचित भएका छन् । 

    यसैगरी गण्डकी प्रदेशसभा सदस्यमा स्वतन्त्रबाटै राजीव गुरुङ निर्वाचित हुँदा लुम्बिनी प्रदेशमा सुरुल पुन, दीपेन्द्र कुमार पुन मगर र खड्ग बस्नेत निर्वाचित भएका छन् । यस्तै कर्णाली प्रदेशसभामा देवेन्द्र बहादुर शाही र सुदूरपश्चिम प्रदेशसभा सदस्यमा तारा प्रसाद जोशी निर्वाचित भएका छन् । 

    प्रकाशित मिति :मंसिर १९ २०७९ सोमवार - १२:३७:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij