Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

एकीकृत समाजवादीसँग किन पार्टी एकता गर्न खोज्दैछन् प्रचण्ड?

एकीकृत समाजवादीसँग किन पार्टी एकता गर्न खोज्दैछन् प्रचण्ड?


  • 1.5K
    Shares

    एकीकृत समाजवादीसँग किन पार्टी एकता गर्न खोज्दैछन् प्रचण्ड?

    मंसिर-४ मा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको परिणाम आइसकेको छ।

    समानुपातिकतर्फ पनि केही मात्र मत गन्न बाँकी रहँदा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ। कांग्रेसभन्दा केही कम सिट ल्याएर एमाले दोस्रो ठूला दल बन्दा माओवादी केन्द्र ‘कमजोर’ तेस्रो शक्ति बनेको छ।

    चुनावअघि निर्णायक तेस्रो शक्ति बन्ने बताएको माओवादी चुनावी नतिजालेल निकै कमजोर बनेको छ। अहिले दलहरु नयाँ सरकार गठनका लागि तयारीमा व्यस्त रहँदा प्रत्यक्षतर्फ १८ सिट जितेको माओवादीले सरकारको नेतृत्व दाबी गरिरहेको छ।

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान गठबन्धनलाई नै निरन्तरता दिने बताए पनि उनले आफ्ना प्रतिनिधिमार्फत एमालेसँग पनि संवाद जारी राखेका छन्।

    माओवादीले संसदमा आफ्नो शक्ति बलियो बनाउन र सरकार गठनका लागि बार्गेनिङ गर्न एकीकृत समाजवादी र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकता गर्न रुची देखाएका छन्।

    चुनाव अघि नै बाबुरामले समाजवादी केन्द्र बनाउन पहल गरेका थिए। त्यसमा एकीकृत समाजवादी पनि सकारात्मक थियो। एकीकृत समाजवादीले समाजवादी केन्द्र गठन गर्न सकिने र चुनाव लगत्तै पार्टी एकता गर्ने पनि बताएको थियो।

    तर चुनावी परिणाम आइसकेपछि प्रचण्डले राखेको पार्टी एकताको प्रस्तावलाई एकीकृत समाजवादीका नेताहरुले तत्काल संभावना नरहेको बताएका छन्।

    एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले माओवादीसँग तत्काल पार्टी एकता संभव नहुने बताए। उनले चुनावी परिणाम आइनसकेको अवस्थामा र सरकार गठन हुनु अगाडि पार्टी एकताको संभावना नरहेको बताए।

    ‘चुनावी परिणाम आइसकेको छैन, अहिले नयाँ सरकार गठनको तयारी भइरहेका बेला माओवादीसँग पार्टी एकताको संभावना छैन,’ खनालले भने, ‘अहिले माओवादीसँग एकताका विषयमा कुनै छलफल भएको छैन। त्यसको संभावना पनि छैन।’

    एकीकृत समाजवादीभित्र एमालेलाई बाहिर राखेर माओवादीसँग मात्रै एकीकरण गर्न नहुने मत बलियो बन्दै गएको छ।

    सरकार गठन अघि एकता गर्दा त्यसको फाइदा आफूलाई भन्दा पनि बढी प्रचण्डलाई हुने भन्दै शक्ति बाँडफाँट अगाडि एकता गर्न नहुने मत बलियो भन्दै गएपछि अध्यक्ष माधव नेपाल पनि हच्किएको स्रोत बताउँछ।

     

    प्रकाशित मिति :मंसिर १९ २०७९ सोमवार - १२:१४:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij