Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

निर्वाचन ०७९: सकियो प्रत्यक्षतर्फको मतगणना, संसद्‍मा पुगे १२ दल, ७ ले मात्र मान्यता पाउने

निर्वाचन ०७९: सकियो प्रत्यक्षतर्फको मतगणना, संसद्‍मा पुगे १२ दल, ७ ले मात्र मान्यता पाउने


  • 2.2K
    Shares

    निर्वाचन ०७९: सकियो प्रत्यक्षतर्फको मतगणना, संसद्‍मा पुगे १२ दल, ७ ले मात्र मान्यता पाउने

    मङ्सिर ४ मा भएको निर्वाचनअन्तर्गत प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मत गणना १५ दिनमा सकिएको छ । सोमबार बिहान दोलखामा सम्पन्न मत गणनामा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएसँगै १६५ निर्वाचन क्षेत्रकै मत गणना सकिएर नतिजा सार्वजनिक भएको हो । 

    सार्वजनिक नतिजाअनुसार प्रत्यक्षतर्फ सबैभन्दा धेरै सिट जितेर नेपाली कांग्रेस पहिलो दल बनेको छ । कांग्रेसले ५७ सिट जितेर पहिलो दल बन्दा दोस्रोमा नेकपा एमाले ४४ सिट जित्न सफल भएको छ । त्यसैगरी नेकपा माओवादी केन्द्र १८ सिट जित्दै तेस्रो दल भएको छ भने नेकपा एकीकृत समाजवादीले १० सिट जितेको छ ।

    प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ७, राप्रपा ७, जसपा ७, लोसपा ४ नागरिक उन्मुक्ति पार्टी १, जनमोर्चा १, नेमकिपा १, जनमत १ र स्वतन्त्र ५ जना सांसद निर्वाचित भएका छन् । संसद्‍मा १२ दलको प्रतिनिधित्व भए पनि थ्रेसहोल्डका कारण यी मध्ये ७ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने सम्भावना देखिएको छ ।

    समानुपातिकतर्फको मत गणना अन्तिम चरणमा पुगेको छ । समानुपातिकतर्फको मत गणनामा नेकपा एमाले सबैभन्दा धेरै मत ल्याएर पहिलो बनेको छ । सोमबार बिहानसम्मको गणनामा एमालेले  २७ लाख ८८ हजार ३५६ मत ल्याएको छ भने कांग्रेसले २६ लाख ६० हजार २४६ मत पाएको छ । त्यस्तै माओवादी केन्द्रले ११ लाख ६२ हजार १२४, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ५४३,जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९४६ मत ल्याएको छ । 

    जनमत पार्टीले ३ लाख ९४ हजार ५२३ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीले २ लाख ९४ ३६२ मत ल्याए पनि थ्रेस होल्ड कटाएको छैन । दलहरूले समानुपातिकतर्फ पाएको मतका आधारमा समानुपातिकतर्फका छुट्टै सांसद निर्वाचित हुन्छन् ।

    प्रकाशित मिति :मंसिर १९ २०७९ सोमवार - ११:१०:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij