Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

गठबन्धनको बैठक बस्नुअघि माओवादीको पदाधिकारी बैठक जारी

गठबन्धनको बैठक बस्नुअघि माओवादीको पदाधिकारी बैठक जारी


  • 1.8K
    Shares

    गठबन्धनको बैठक बस्नुअघि माओवादीको पदाधिकारी बैठक जारी

    नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । पेरिसडाँडास्थित पार्टी मुख्यालयमा जारी बैठकमा निर्वाचनको समीक्षासहित नयाँ सरकार गठनका विषयमा छलफल हुनेछ । 

    शनिबारबाट सुरु भएको पदाधिकारी बैठकले पहिलो दिन सरकारमा जान सबै विकल्प खुला राख्ने निर्णय गरेको थियो । यसबारे जारी बैठकले थप निर्णय गर्ने नेताहरुको भनाइ छ । 

    गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमार्फत तेस्रो राजनीतिक शक्ति बनेको माओवादी केन्द्रले पनि सरकारको नेतृत्वको आकांक्षा राखेको छ । सत्ता गठबन्धनको बैठक बस्नुअघि माओवादीको पदाधिकारी बैठक बसेर चुनावी समीक्षा र भावी सरकारको बारेमा निर्णय लिने छ । 

    निर्वाचन सम्पन्न भएपछि पहिलोपटक सत्तागठबन्धनको बैठक बस्ने तयारी भएको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तागठबन्धनमा आबद्ध दलको बैठक बोलाएका छन् ।

    प्रकाशित मिति :मंसिर १८ २०७९ आइतवार - १६:००:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij