Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

मतगणना कार्य अन्तिम चरणमा, कहिले हुन्छ नवनिर्वाचित सांसदको सपथ र सभामुख चयन ?

मतगणना कार्य अन्तिम चरणमा, कहिले हुन्छ नवनिर्वाचित सांसदको सपथ र सभामुख चयन ?


  • 2.7K
    Shares

    मतगणना कार्य अन्तिम चरणमा, कहिले हुन्छ नवनिर्वाचित सांसदको सपथ र सभामुख चयन ?

    गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा प्रवेश गरेको छ । निर्वाचन सकिएसँगै नयाँ संसद बैठक कहिलेदेखि सुरु हुन्छ भन्नेमा चासो बढेको छ ।

    प्रत्यक्ष तथा समानुपातिक तर्फको अन्तिम मतपरिणाम एक–दुई दिनभित्रमा आइसक्ने आयोगले जनाएको छ । निर्वाचन आयोगले समानुपातिक तर्फका सांसदहरुको समेत टुङ्गो लगाएर नव निर्वाचित प्रतिनिधिसभा सदस्यहरूको विवरण संघीय संसदलाई उपलब्ध गराउने व्यवस्था रहेको छ । 

    आयोगले नवनिर्वाचित सांसदहरुको विवरण पठाएको केही दिनभित्रै विशेष कार्यक्रम राखेर सांसदहरुको सपथ गराइने संघीय संसद सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले जानकारी दिए ।

    सांसदहरुलाई संसदमा रहेका सदस्यहरू मध्ये जेष्ठ सदस्यले सपथ गराउनेछन्, त्यसअघि उनले राष्ट्रपतिबाट सपथ लिने व्यवस्था रहेको छ । सांसदहरुले सपथ लिएर पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख निर्वाचित गर्ने व्यवस्था रहेको छ ।  

    सांसदहरुको सपथ कहिले गर्ने भन्नेबारेमा अझै निश्चित भइनसकेको प्रवक्ता डा. पाण्डेले बताए । आयोगको पत्र आएपछि सांसदहरुलाई सपथ गराउने कार्यक्रमबारे पत्र पठाउनुपर्ने हुन्छ । निर्वाचन आयोगले जति छिटो नवनिर्वाचित सांसदको विवरण सचिवालयमा पठाउँछ त्यति छिटो सपथ हुने उनले बताए । 

    प्रकाशित मिति :मंसिर १८ २०७९ आइतवार - १४:४२:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij