Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

प्रतिनिधिसभामा १२ दल सहभागी हुने, ७ दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने !

प्रतिनिधिसभामा १२ दल सहभागी हुने, ७ दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने !


  • 2.0K
    Shares

    प्रतिनिधिसभामा १२ दल सहभागी हुने,  ७ दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने !

    प्रतिनिधिसभामा १२ राजनीतिक दल सहभागी हुन पाउने भएका छन् । प्रतिनिधिसभामा १२ दल संसदमा सहभागी हुने भएपनि ७ दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने देखिएको हो ।

    नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाउनेछन् ।  

    राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ सदर मतको ३ प्रतिशत 'थ्रेस होल्ड ' कटाउनुपर्ने कानुनी व्यवस्था छ । नेकपा एकीकृत समाजवादीले 'थ्रेस होल्ड' कटाउन संघर्ष गरिरहेको छ । समाजवादीले अहिलेसम्म २ लाख ९४ हजार मत प्राप्त गरेपनि 'थ्रेस होल्ड' कटाउन हम्मेहम्मे देखिएको छ।

    राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले पनि थ्रेस होल्ड कटाएका छैनन् ।
     

    प्रकाशित मिति :मंसिर १८ २०७९ आइतवार - १४:३८:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij