Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

प्रत्यक्षतर्फ १६४ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कसको सिट कति ?

प्रत्यक्षतर्फ १६४ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कसको सिट कति ?


  • 1.8K
    Shares

    प्रत्यक्षतर्फ १६४ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कसको सिट कति ?

    प्रतिनिधिसभा निर्वाचनअन्तर्गत् प्रत्यक्षतर्फ १६४ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक भएको मतपरिणामअनुसार सबैभन्दा धेरै नेपाली कांग्रेसले ५७ निर्वाचन क्षेत्र जितेको छ ।

    नेकपा एमालेले ४४ वटा निर्वाचन क्षेत्र जितेको छ । यस्तै, नेकपा माओवादी केन्द्रले १७ सिट जितेको छ ।

    नेकपा एकीकृत समाजवादीले १० सिट जितेको छ । प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ७/७ सिट जितेको छ । यस्तै, जनता समाजवादीले ७ सिट र लोकतान्त्रीक समाजवादी पार्टीले ४ सिट जितेको छ । 

    नागरिक उन्मुक्ति पार्टीले ३, जनमत पार्टीले १ सिट जितेको छ । नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले १/१ सिट जित हासिल गरेका छन् । स्वतन्त्र ५ उम्मेदवारले जितेका छन् ।

    अब दोलखामा मात्रै मतगणना जारी छ । सो क्षेत्रमा एमालेका बालकृष्ण सिवाकोटीको अग्रता छ । उनलाई माओवादी केन्द्रका माओवादी केन्द्रका गंगा कार्कीले पछ्याइरहेका छन्।

    प्रकाशित मिति :मंसिर १८ २०७९ आइतवार - १४:२०:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij