२०८२ माघ १६ गते शुक्रवार
नेकपा एमाले रुपन्देहीले लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट तत्काल दाङ नसार्न आग्रह गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै एमालेका रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले राजधानी सार्ने काम तत्काल रोकेर नयाँ बन्ने सरकारले मात्र सार्नुपर्ने उल्लेख गरेका छन् ।
भौतिक निर्माणको काम नसकिँदै मन्त्रालयहरु सार्ने तयारी भएको भन्दै त्यसो नगर्न केसीले आग्रह गरेका छन् । नेपाली कांग्रेस रुपन्देहीले पनि आइतबारै विज्ञप्ति निकाले राजधानी नसार्न आग्रह गरेको छ ।
नयाँ सरकार नबन्दै वर्तमान कामचलाउ सरकारले जसरी पनि प्रदेश राजधानी सार्ने तयारी गरिरहेको भन्दै कांग्रेसले ध्यानाकर्षण गराएको हो । कांग्रेसले राजधानी सार्ने जिम्मा नयाँ संरचनाहरु निर्माण भएपछि नयाँ बन्ने सरकारलाई दिनुुपर्ने माग गरेको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij