Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

सत्ता सहकार्यका लागि आफू तयार रहेको भन्दै ओलीले पठाए देउवालाई यस्तो सन्देश

सत्ता सहकार्यका लागि आफू तयार रहेको भन्दै ओलीले पठाए देउवालाई यस्तो सन्देश


  • 1.9K
    Shares

    सत्ता सहकार्यका लागि आफू तयार रहेको भन्दै ओलीले पठाए देउवालाई यस्तो सन्देश

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई आगामी सत्ता सहकार्य लागि तयार रहेको सन्देश पठाएका छन् ।

    कांग्रेसका शीर्ष नेता प्रकाशमान सिंहमार्फत ओलीले सत्ता सहकार्यको सन्देश पठाएको बालुवाटार उच्च स्रोतले जनाएको छ । गत आइतबार कांग्रेस नेता सिंह ओलीइलाई भेट्न उनको निवास बालकोट पुगेका थिए ।

    सिंहको सचिवालका अनुसार पहिला प्रधानमन्त्री देउवालाई भेटेर नेता सिंह ओली भेट्न बालकोट पुगेका हुन् । प्रतिनिधिसभा सदस्यमा काठमाडौं– १ बाट निर्वाचित सिंह र झापा– ५ निर्वाचित ओलीबीच बधाइ साटा साटसँग आगामी सत्ता सहकार्यबारे कुराकानी भएको पाइएको छ ।

    ओलीसँग भएको कुराकानीबारे सिंह बुधबार साझा बालुवाटार गएर प्रधानमन्त्री देउवालाई विफ्रिङ गरेका थिए । ‘सत्ता गठबन्धन बहुमत पुग–नपुग अवस्थामा छ । पुतली जस्तो सरकार बनाउनु भन्दा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनाएर जान सकिन्छ । हामी त्यसका लागि तयार छौं । तपाईको सभापतिलाई भन्नुहोला,’ ओलीको सन्देश थियो । सिंहले ओलीको उक्त सन्देश देउवालाई सुनाइसकेका छन् ।

    वर्तमान गठबन्धनलाई पहिलो प्राथमिकतामा राखेका देउवाले ओलीको सन्देशलाई पनि ‘नोटिस’मा राखेको बालुवाटार स्रोतको दाबी छ । देउवा र सिंहसँग निकट रहेका कांग्रेसका एक नेताले भने, ‘सभापतिजीको पहिलो प्राथमिता वर्तमान गठबन्धन नै हो । तर ओलीजीको सन्देशलाई पनि सकारात्मक रुपमा लिनु भएको छ ।’ सत्ता गठबन्धन सम्बद्ध कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनमोर्चा र लोसपाको १३४ सिट पक्का जस्तै छ ।

    कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार जनमत पार्टीलाई साथमा लिएर १४० सिटसहित नयाँ सरकार बनाउने देउवाको गृहकार्य छ । जनमत पार्टीका अध्यक्ष केसी राउतले कांग्रेस नेतृत्वको सरकारमा सहभागी हुन आफू सकारात्मक रहेको बताइसकेका छन् । वर्तमान गठबन्धनलाई अगाडि बढाउने विषयमा गडबड भए मात्र एमाले मिलेर सरकार बनाउन कांग्रेसले कसरत गर्ने बुझिएको छ ।

    प्रकाशित मिति :मंसिर १८ २०७९ आइतवार - १२:४४:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij