Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यी विषयमा हुँदैछ आज छलफल

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यी विषयमा हुँदैछ आज छलफल


  • 3.1K
    Shares

    माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यी विषयमा हुँदैछ आज छलफल

    नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आइतबार पनि बस्दै छ । पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आइतबार दिउँसो २ बजे बस्ने बैठकमा निर्वाचनको समीक्षासहित नयाँ सरकार गठनका विषयमा छलफल हुने सो पार्टीले जनाएको छ ।

    शनिबारबाट सुरु भएको पदाधिकारी बैठकले पहिलो दिन सरकारमा जान सबै विकल्प खुला राख्ने निर्णय गरेको थियो । उक्त निर्णयप्रति सत्तारुढ गठबन्धन आवद्ध कांग्रेसले असन्तुष्टि जनाएको छ ।

    सोही क्रममा आइतबार बस्न लागेको बैठकमा नयाँ सरकार गठन र गठबन्धनका विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

    गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमार्फत तेस्रो राजनीतिक शक्ति बनेको माओवादी केन्द्रले पनि सरकारको नेतृत्वको आकांक्षा राखेको छ ।

    प्रकाशित मिति :मंसिर १८ २०७९ आइतवार - ११:११:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij