Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

प्रतिनिधि सभाको निर्वाचन २०७९: ९१ सिटमा उम्मेदवारी दिएको कांग्रेसको ५७ सिटमा जित, को कहाँबाट निर्वाचित?

प्रतिनिधि सभाको निर्वाचन २०७९: ९१ सिटमा उम्मेदवारी दिएको कांग्रेसको ५७ सिटमा जित, को कहाँबाट निर्वाचित?


  • 2.4K
    Shares

    प्रतिनिधि सभाको निर्वाचन २०७९: ९१ सिटमा उम्मेदवारी दिएको कांग्रेसको ५७ सिटमा जित, को कहाँबाट निर्वाचित?

    प्रतिनिधि सभाको निर्वाचन २०७९ मा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ ५७ सिटमा जित निकालेको छ। सत्ता गठबन्धनसँग तालमेल गरि चुनावमा होमिएको कांग्रेसले ९१ सिटमा उम्मेदवारी दिएको थियो। जसमध्ये कांग्रेसका ३४ जना उम्मेदवार पराजित भएका छन्।

    अघिल्लो निर्वाचनमा वाम गठबन्धन हुँदा २३ सिट प्रत्यक्ष जितेको कांग्रेसले यसपटक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीसँग तालमेल गरि चुनावमा उत्रिएको हो। जसले गर्दा समानुपातिकमा एमालेभन्दा केही कम मत आए पनि यसपटक कांग्रेस पहिलो दल बनेको छ।

    पदाधिकारी को को निर्वाचित को को पराजित?

    नेपाली कांग्रेसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ सहमहामन्त्री छन्। कोषाध्यक्ष भने अझै नियुक्त गरिएको छैन। यी पदाधिकारीमध्ये चुनावमा होमिएका ४ जना पराजित भए।

    कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुराबाट निर्वाचित भए। कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत १ बाट निर्वाचित हुँदा अर्का उपसभापति धनराज गुरुङ स्याङ्जा २ बाट निर्वाचित भए। कांग्रेसका आकर्षणको केन्द्र मानिएका दुई महामन्त्री पनि निर्वाचित भएका छन्।

    महामन्त्री गगन थापा काठमाडौं ४ बाट चौथोपटक निर्वाचित हुँदा अर्का महामन्त्री विश्वप्रकाश शर्माले झापा १ बाट जित निकालेका छन्। गगनले यसपटक प्रधानमन्त्रीमा दाबी गरिरहँदा विश्वप्रकाश उनलाई साथ दिने तयारीमा छन्।

    चुनावमा होमिएका चार सहमहामन्त्री भने पराजित भएका छन्। भीष्मराज आङ्देम्बे, महालक्ष्मी उपाध्याय डीना, महेन्द्र यादव र उमाकान्त चौधरीले यसपटक हार व्यहोरे। दुई सहमहामन्त्री किशोरसिंह राठौर र बद्री पाण्डेले भने जित निकालेका छन्। यता दुई सहमहामन्त्री फर्मुल्लाह मन्सुर र जीवन परियार भने समानुपातिकमा छन्।

    महिला १ जनामात्र निर्वाचित

    यसपटक कांग्रेसबाट प्रतिनिधसभातर्फ उम्मेद्वारी दिएकामध्ये एक जनामात्र महिला निर्वाचित भएका छन्। तेह्रथुम निर्वाचन क्षेत्र नं १ बाट सीता गुरुङ निर्वाचित भएकी हुन्। कांग्रेसले पाँचजना महिलालाई प्रत्यक्षमा टिकट दिएको थियो। पाँचजनामध्ये गुरुङमात्र निर्वाचित भएकी हुन्। गुरुङले एमालेका विजय सुब्बालाई पराजित गर्दै प्रतिनिधि सभाको सिट सुरक्षित गरेकी हुन्। कांग्रेसबाट उम्मेदवार रहेका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, उपसभामुखसमेत रहेकी पुष्पा भुसाल, पूर्वसभामुख चित्रालेखा यादव र सुजाता कोइराला निर्वाचनबाट अनुमोदन हुन सकेनन्।

    को कहाँबाट निर्वाचित?

    विश्वप्रकाश शर्मा - झापा १

    दिपक खड्का  - संखुवासभा

    सिता गुरुङ  - तेह्रथुम

    डिगबहादुर लिम्बु  - मोरङ १

    सुनिल कुमार शर्मा  - मोरङ ३

    डा शेखर कोइराला  - मोरङ ६

    ज्ञानेन्द्र बहादुर कार्की  - सुनसरी ४

    राम हरि खतिवडा  - ओखलढुंगा

    डा. नारायण खड्का  - उदयपुर २

    दिनेश कुमार यादव  - सप्तरी ३

    तेजु लाल चौधरी  - सप्तरी ४

    राम कृष्ण यादव  - धनुषा २

    महेन्‍द्र कुमार राय - महोत्तरी ४

    देव प्रसाद तिमलसेना - रौतहत ४

    अजय कुमार चौरसिया  - पर्सा २

    रमेश रिजाल - पर्सा ४

    पुर्ण वहादुर तमाङ(कान्छाराम) - रामेछाप 

    श्यामकुमार घिमिरे - सिन्धुली १

    मोहन आचार्य - रसुवा

    रामनाथ अधिकारी - धादिङ २

    अर्जुन नरसिंह के.सी. - नुवाकोट २

    प्रकाशमान सिंह - काठमाडौं १

    सन्तोष चालिसे  - काठमाडौं ३

    गगन कुमार थापा  - काठमाडौं ४

    प्रदीप पौडेल  - काठमाडौं ५

    राजेन्द्र कुमार के.सी. - काठमाडौं १०

    दुर्लभ थापा क्षेत्री - भक्तपुर २

    उदय शम्शेर राणा - ललितपुर १

    मोहन बहादुर बस्नेत - सिन्धुपाल्चोक २

    राजेन्द्र बजगाई - गोरखा १

    टेक बहादुर गुरुङ - मनाङ

    रामचन्द्र पौडेल - तनहुँ १

    शंकर भण्डारी - तनहुँ २

    राजु थापा - स्याङ्जा १

    धनराज गुरुङ - स्याङ्जा २

    शशांक कोइराला - नवलपरासी(बर्दघाट सुस्ता पूर्व) १

    विष्णु कुमार कार्की - नवलपरासी(बर्दघाट सुस्ता पूर्व) २

    योगेश गौचन थकाली - मुस्ताङ

    खम बहादुर गर्बुजा - म्याग्दी

    चन्द्रकान्त भण्डारी -गुल्मी १

    सुरेन्द्र राज आचार्य - कपिलवस्तु २

    दिपक गिरी - दाङ ३

    किशोरसिह राठोर - बाँके ३

    संजयकुमार गौतम - बर्दिया १

    विनोद चौधरी - नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)

    ऐन बहादुर शाही ठकुरी - मुगु

    दिक्पाल कुमार शाहि - दैलेख

    पूर्णबहादुर खड्का - सुर्खेत १

     हृदयराम थानी  - सुर्खेत २

    बद्रीप्रसाद पाण्डे  - बाजुरा

    पुष्प बहादुर शाह  - अछाम

    विरबहादुर बलायर  - कैलाली ४

    डिल्लीराज पन्त  - कैलाली ५

    दिलेन्द्र प्रसाद बडू  - दार्चुला

    शेरबहादुर देउवा  - डडेल्धुरा

    एनपी साउद - कञ्चनपुर २

    रमेश लेखक - कञ्चनपुर ३

    को को भए पराजित?

    बलबहादुर केसी - सोलुखुम्बु

    सुदिपनरसिंह केसी -बाँके २

    सुनिलबहादुर थापा -धनकुटा

    महालक्ष्मी उपाध्याय डिना -मकवानपुर १

    खेलप्रसाद बुढा क्षेत्री -ताप्लेजुङ

    विश्व पौडेल- चितवन १

    उमेश श्रेष्ठ- चितवन २

    भीमसेनदान प्रधान- काठमाडौं ६

    पुष्पा भुसाल - अर्घाखाँची

    पदमनारायण चौधरी - सिराह १

    नगेन्द्र कुमार - सर्लाही ४

    उमाकान्त चौधरी - बारा १

    भीष्मराज आङ्देम्बे - पाँचथर

    देवेन्द्रराज कँडेल - नवलपरासी २

    शिव हुमागाई - काभ्रे २

    चित्रालेखा यादव - सिराहा २

    कृष्णप्रसाद सिटौला - झापा ३

    सुजाता कोइराला - मोरङ २

    बालकृष्ण खाण - रुपन्देही ३

    डम्बरबहादुर खड्का - इलाम २

    ज्ञानबहादुर गाहा - पाल्पा १

    विजयकुमार गच्छदार - सुनसरी ३

    रामजनम चौधरी - कैलाली १

    मो फिर्दोस आलम - रौतहट २

    अभिषेकप्रताप साह - कपिलवस्तु ३

    सिताराम महतो - सुनसरी २

    सुरेन्द्र चौधरी - पर्सा ३

    रामदेव शाह तेली - सप्तरी १

    भरतकुमार शाह -रुपन्देही ५

    देउकुमार थेबे -झापा ४

    प्रमोद यादव -रुपन्देही ४

    किशोरदत्त बराल -कास्की १

    अर्जुनप्रसाद जोशी - पर्वत

    खगेन्द्रप्रसाद अधिकारी -झापा ५

    प्रकाशित मिति :मंसिर १८ २०७९ आइतवार - ११:०६:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij