Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

सरकारले दिउँसै रात पारेको भन्दै प्रचण्ड कुर्लिदा जलाईएको ट्याक्सीका साहु छाति पिटीपिटी रोए  

सरकारले दिउँसै रात पारेको भन्दै प्रचण्ड कुर्लिदा जलाईएको ट्याक्सीका साहु छाति पिटीपिटी रोए  


  • 6.6K
    Shares

    सरकारले दिउँसै रात पारेको भन्दै प्रचण्ड कुर्लिदा जलाईएको ट्याक्सीका साहु छाति पिटीपिटी रोए  
    images

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्ड"ले सरकारले संविधान मिचेर दिउँसै रात पार्ने काम गरेको आरोप लगाएका छन् ।

    संवैधानिक नियुक्तिको विरोधमा नेकपा प्रचण्ड(नेपाल समूहले आह्वान गरेको आमहड्ताल सफल पार्न सडकमा निस्किएका प्रचण्डले कोटेश्वरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

    उनले फागुन १ गतेदेखि संयुक्त जनआन्दोलन हुने दाबी गर्दै ओली सरकारको आयु समाप्त हुने जिकिर समेत गरे । प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपाले भोलि गर्न लागेको आमसभालाई पञ्च र्‍यालीको संज्ञा दिए ।

    "यस्तो बेलामा सरकार आफैंले जुलुस निकाल्ने भनेको त हिजो पञ्चायतका बेलामा पञ्चर्‍याली निस्किन्थे ठूल्ठूलास लाख, डेढ लाख, दुई लाखका र्‍याली । निभ्ने बेलाको पञ्चर्‍याली थिए ती," प्रचण्डले भने, "सत्तामा बसेर आफैं संविधान मिच्ने अनि आफैँ पञ्च र्‍याली निकाल्ने ? यहाँ त प्रतिगमनको पनि भद्दा रूप देखियो ।"

    प्रचण्डले अहिलेको शासनलाई जंगलराजको संज्ञा दिए । "मैले त यसलाई जंगलराजको रूपमा लिएको छु," प्रचण्डले भने ।कोटेश्वरमा प्रचण्डले केहीबेर कार्यकर्ताहरूसँग मिसिएर नाराबाजी समेत गरे ।  

    त्यसअघि प्रचण्ड पुल्चोक र सातदोबाटोको प्रदर्शनमा पनि सहभागी भएका थिए । प्रचण्ड माधवले आयोजना गरेको आन्दोलनका सहभागीले धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ घर भएका कुम्भनारायण श्रेष्ठको ट्याक्सी जलाई दिए पछि आफ्नो उठिबास लागेको उनले बताएका छन्। उनी  सधैँ झैं आज बिहीवार पनि झिसमिसेमै ट्याक्सी लिएर सडकमा निस्किए ।

    गोंगबुस्थित नयाँ बसपार्कमा पुग्दा कपुरधारा पुग्ने यात्रु भेटिए । ती यात्रुलाई कपुरधारामा छाडेर फर्किने क्रममा बिहान ५ बजे उनी गोंगबुस्थित रेडनपुलमा आइसकेका थिए ।

    पुलनजिकै २ युवा सडकमा रहेछन् । उनीहरूले ट्याक्सी रोक्न हातले इशारा गरे । यात्रु नै ठानेर श्रेष्ठले ट्याक्सी रोके ।

    त्यसपछि एकजनाले अगाडि आएर उनीसँग भने– "हामीलाई बसपार्कसम्म पुर्‍याइदिनुपर्‍यो ।" उनले बस्नुस् न भनेर भन्न मात्र के भ्याएका थिए, गाडीमा पेट्रोल गन्हाइहाल्यो । पछाडि रहेको व्यक्तिले ट्याक्सीमा पेट्रोल छर्किन भ्याइसकेछन् ।

    श्रेष्ठले के हुँदैछ भनेर सोच्न पनि नपाउँदै आगो लगाएर दुवै जना भागिहाले ।‘रोक्न इशारा गर्ने एक जना ट्याक्सीमा चढ्न खोजेको जस्तो गर्दै थिए, अर्कोले पछाडिबाट ट्याक्सीमा पेट्रोल छर्किसकेको रहेछ,' श्रेष्ठले  भने, ‘अर्कोले लाइटर पनि रेडी पारेको रहेछ, आगो सल्काएर भागिहाले ।’

    प्रदेश ३ ०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सी उनकै अगाडि दनदनी बल्न थाल्यो । वरपर भएका मानिसहरू र प्रहरीहरू आएर आगो निभाउन प्रयास गरे ।

    नजिकैको घरबाट पाइप ल्याएर आगो निभाउँदानिभाउँदै उनको गाडी आधाभन्दा बढी जलिसकेको थियो । श्रेष्ठले १० वर्षसम्म अरूको ट्याक्सी चलाएको पैसा डाउन पेमेन्ट गरी बैंकबाट किस्तामा ट्याक्सी किनेका रहेछन् । ३ किस्ता तिर्न नपाउँदै ट्याक्सी खरानी भएको छ ।

    ‘१० वर्ष अरूको ट्याक्सी चलाएर एउटा ट्याक्सी किनेको थिएँ, तर त्यो पनि सखाप भयो,’ चालक श्रेष्ठले भने, ‘अब के गर्ने, के नगर्ने..., सोच्नै सकेको छैन ।’

    संवैधानिक नियुक्तिको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षले आह्वान गरेको आमहड्तालको सबैभन्दा बढी निशानामा श्रेष्ठ परेका छन् ।

    यसबाहेक अन्य अप्रिय घटना राजधानीमा नभएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी हरि पालले जानकारी दिए ।

    ‘हामीले उपत्यकाको गोंगबु, चाबहिल, बालाजुलगायतका ठाउँबाट ७७ जनालाई नियन्त्रणमा लिएका छौं,’  हरि पालले भने,‘एउटा घटना बाहेक अन्य कुनै पनि अप्रिय घटना भएका छैनन् ।’

    प्रकाशित मिति :माघ २२ २०७७ बिहिवार - १३:५१:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij