Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

रवि लामिछानेको नागरिकता तथा पासपोर्ट विवादमा काठमाडौं प्रहरीले सुरु गर्‍यो अनुसन्धान

रवि लामिछानेको नागरिकता तथा पासपोर्ट विवादमा काठमाडौं प्रहरीले सुरु गर्‍यो अनुसन्धान


  • 2.8K
    Shares

    रवि लामिछानेको नागरिकता तथा पासपोर्ट विवादमा काठमाडौं प्रहरीले सुरु गर्‍यो अनुसन्धान

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादका विषयमा काठमाडौं प्रहरी परिसरले अनुसन्धान शुरू गरेको छ।

    अध्यक्ष लामिछानेले खारेज भइसकेको नागरिकता प्रयोग गरी चुनावमा भाग लिएको भन्दै गृह मन्त्रालयमा निवेदन (उजुरी) परेको थियो। गृहले उक्त निवेदन काठमाडौं जिल्ला प्रशासन कार्यालय मार्फत अनुसन्धानका लागि पठाएको काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीले पुष्टि गरे। “अस्ति जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धान गर्न पत्र आएको छ। हामीले त्यसबारे काम थालिसकेका छौं,” एसपी मैनालीले भने।

    सन् २०१४ मा लामिछाने अमेरिकी नागरिकता लिएका थिए। त्यसपछि सन् २०१८ मा उनले अमेरिकी नागरिकता र राहदानी त्यागेको भन्दै अध्यागमन विभागमा निवेदन दिएका थिए। तर, लामिछानेले त्यागेको नेपाली नागरिकता पुनः नजगाई पुरानै नागरिकता प्रयोग गरेका थिए।

    त्यसलाई गैरकानूनी कार्यभन्दै कारबाहीको माग गरी गृह मन्त्रालयमा निवेदन परेको हो। नागरिकता सम्बन्धी ऐनको दफा ११ मा नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिनेले फेरि नेपाली नागरिकता लिन चाहेमा विदेशी नागरिकता त्यागेको प्रमाण सहित निवेदन दिनुपर्ने व्यवस्था छ। यस्तो निवेदन पहिले नागरिकता जारी भएकै स्थानमा दिनुपर्छ। त्यसपछि मात्रै नागरिकताले वैधानिकता पाउँछ।

    यो प्रक्रिया पूरा नगरी लामिछानेले नागरिकता दुरुपयोग गरेको आरोप लगाइएको छ। त्यहि नागरिकताका आधारमा उनी प्रतिनिधि सभा सदस्यमा चितवन-२ बाट उम्मेदवार बनेका थिए। उनी फराकिलो मतान्तर सहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइसकेका छन्।

    यसबारे निर्वाचन आयोगमा समेत उजुरी परेको थियो। आयोगले उनीसँग स्पष्टीकरण मागेको थियो। तर, चुनावको नतिजा आइसकेको भन्दै आयोगले छानबिन नगर्ने निश्कर्ष निकालेको थियो।

    त्यहि नागरिकतका आधारमा लामिछानेले सन् २०१५ मा नेपाली राहदानी पनि लिइसकेका छन्। गृह मन्त्रालयमा परेको उजुरीमा त्यो विषय पनि उल्लेख गरिएको छ।

    प्रकाशित मिति :मंसिर १६ २०७९ शुक्रवार - १५:४५:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij