Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

मधेस प्रदेश: को-को छन् मुख्यमन्त्रीका आकांक्षी ?

मधेस प्रदेश: को-को छन् मुख्यमन्त्रीका आकांक्षी ?


  • 1.9K
    Shares

    मधेस प्रदेश: को-को छन् मुख्यमन्त्रीका आकांक्षी ?

    मधेस प्रदेशमा प्रदेशसभा सदस्यको मतगणना सकिएसँगै सरकार नेतृत्वको रस्साकस्सी सुरु भएको छ ।

    प्रदेशमा प्रत्यक्षतर्फ सत्ता गठबन्धनले बहुमत प्राप्त गरेको छ । यद्यपी दलगत हिसाबमा नेकपा एमाले पहिलो र नेपाली कांग्रेस दोस्रो दल बनेका छन् भने समानुपातिकतर्फ कांग्रेस पहिलो र एमाले दोस्रो भएका छन् ।

    मधेश प्रदेशमा सत्ता गठबन्धनका दलले प्रत्यक्ष र समानुपातिक गरि ४६ सिट जितेका छन् । जसमा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १३ र समानुपातिकमा ९ गरि कूल २२ सिट जितेको छ भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रत्यक्षमा सात र समानुपातिकमा दुई गरि नौ सिट जितेको छ ।

    त्यसैगरी नेकपा (एकीकृत समाजवादी)ले प्रत्यक्षमा चार र समानुपातिकमा तीन गरि सात सिट जितेको छ भने नेकपा माओवादी केन्द्रले प्रत्यक्षमा ४ र समानुपातिकमा ४ गरी कुल ८ सिट जितेको छ । 

    यस्तै एमाले र जनता समाजवादी पार्टी (जसपा) गठबन्धनले प्रत्यक्ष र समानुपातिक गरि ३८ सिट जितेको छ । जसमा एमालेले प्रत्यक्षमा १५ र समानुपातिकमा ८ गरि २३ सिट र जसपाले प्रत्यक्षतर्फ नौ र समानुपातिकमा ६ गरि १५ जितेको छ ।

    प्रदेशमा प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ गरी एक सय सात सिट संख्या छ । सरकार बनाउन सामान्य बहुमतका लागि कम्तीमा ५४ सिट आवश्यक पर्छ । यसका लागि जनमत पार्टी र स्वतन्त्र उम्मेदवारलाई समावेश गराउनुपर्ने बाध्यता दुवै गठबन्धनलाई छ ।

    पहिलो पटक निर्वाचनमा सहभागी भएको जनमत पार्टीसँग प्रत्यक्षमा छ र समानुपातिकमा सात गरि १३ सिट संख्या ६ भने प्रदेशमा ६ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

    यस आधारमा सत्ता गठबन्धनलाई सरकार बनाउन आठ सांसद आवश्यक छ भने एमाले गठबन्धनलाई १६ सांसद आवश्यक पर्छ ।

    तर हिजो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच सत्ता गठबन्धनमा आउनका लागि सहमति भएसँगै सत्ता गठबन्धनकै सरकार बन्ने सम्भावना बढेको छ ।

    यसैबीच राजनीतिक दलहरुबीच को मुख्यमन्त्री हुने भन्नेमा पनि चर्चा सुरु भएको छ । नेकपा एमालेका मधेस प्रदेश सहइञ्चार्ज सुमनराज प्याकुरेल पहिलो दलका हिसाबले आफ्नो पार्टीको सरकार बन्नुपर्ने बताए ।

    एमालेभित्र मुख्यमन्त्रीका लागि डा.सरोज यादव, रामचन्द्र मण्डल, राजकुमार लेखीको नाम चर्चामा छ । त्यस्तै नेपाली कांग्रेस मधेस प्रदेशका सूचना तथा सञ्चार विभाग प्रमुख नितेशकुमार गुप्ताले मुख्यमन्त्रीका प्रबल दाबेदार प्रदेश सभापति एवं प्रदेशसभा सदस्य कृष्णप्रसाद यादव रहेको बताए ।

    यादवकै नेतृत्वमा सरकार बन्नुपर्ने गुप्ताको दाबी छ । यद्यपी कांग्रेसभित्र पनि रामसरोज यादव, वीरेन्द्रप्रसाद सिंह मुख्यमन्त्रीका आकांक्षी छन् । यस्तै जनता समाजवादी पार्टीबाट सरोजकुमार यादव, राजकुमार गुप्ता, रामअषिस यादवको नाम मुख्यमन्त्रीका रूपमा चर्चामा छ ।

    प्रकाशित मिति :मंसिर १६ २०७९ शुक्रवार - १५:४३:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij