Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

समानुपातिकतर्फ १ करोडभन्दा धेरै भोट गनियो, कसको कति मत?

समानुपातिकतर्फ १ करोडभन्दा धेरै भोट गनियो, कसको कति मत?


  • 2.1K
    Shares

    समानुपातिकतर्फ १ करोडभन्दा धेरै भोट गनियो, कसको कति मत?

    काठमाडाैं। प्रतिनिधिसभाको समानुपातिकतर्फ  १ कराेड ३ लाख ७९ हजार मतगणना सकिएको छ । अहिलेसम्म एक करोड ३ लाख ७९ हजार भोट गन्दा नेकपा एमाले– २७ लाख ७२ हजार ९८५  मत पाएको छ ।

    नेपाली कांग्रेसले २६ लाख ४३ हजार २९६ मत पाएको छ । यस्तै, नेकपा माओवादी केन्द्रले ११ लाख ६१ हजार १७३ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९७ हजार ७ सय ८९ मत पाएको छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीले ११ लाख १९ हजार ४१६मत पाउँदा जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९२८ मत पाएको छ ।

    जनमत पार्टीको खातामा ३ लाख ९४ हजार ३४०  तथा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले २ लाख ९४ हजार १८ मत पाएको छ । नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६५७ मत पाएको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ६७ हजार २७८ मत पाएको छ ।

    यो निर्वाचनमा जम्मा १ करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता थिए । त्यसमध्ये ६१ प्रतिशत अर्थात् करिब १ करोड ९ लाख हाराहारीमा मत खसेको थियो ।

    राजनीतिक दलसम्बन्धी ऐनमा प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ खसेको सदर मतको कम्तीमा ३ प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने उल्लेख छ ।

    प्रकाशित मिति :मंसिर १६ २०७९ शुक्रवार - ११:१६:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij