२०८२ माघ १६ गते शुक्रवार
स्वतन्त्र उम्मेदवारी दिएर रौतहट प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट चुनाव जितेका नेता प्रभु साह नयाँ पार्टी खोल्ने तयारीमा जुटेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको टिकट वितरणमा असन्तुष्टि जनाउँदै साहले पार्टीबाट विद्रोह गरेर रौतहट ३ मा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
यद्यपि प्रभु साहलाई माओवादी केन्द्रसहित सत्ता गठबन्धनले चुनावमा सघाएको थियो । माओवादीबाट उम्मेदवारी दिएका रवीन्द्र पट्टेललाई रौतहट २ मा ब्याक भएर साहलाई समर्थन गर्न माओवादीले निर्देशन दिएको थियो । तर, पट्टेलले उम्मेदवारी फिर्ता लिन नमानेपछि उनी माओवादीको कारबाहीमा परेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij