Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

बहुमत पुर्याउन सत्तागठबन्धनका नेताहरुलाई दौडधुप, रेशमलाई फकाउन जेल सम्म पुगे !

बहुमत पुर्याउन सत्तागठबन्धनका नेताहरुलाई दौडधुप, रेशमलाई फकाउन जेल सम्म पुगे !


  • 1.8K
    Shares

    बहुमत पुर्याउन सत्तागठबन्धनका नेताहरुलाई दौडधुप, रेशमलाई फकाउन जेल सम्म पुगे !

    नागरिक उन्मुक्ति पार्टीलाई ल्याएर बहुमत पुर्याउन सत्तागठबन्धनका नेताहरुले दौडधुप तीब्र पारेका छन्। 

    प्रतिनिधि सभा र प्रदेश सभाको ४ मंसिरमा सम्पन्न चुनावमा रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षतर्फ ४ क्षेत्र जितेको छ। यस्तै, प्रदेश सभामा पनि ७ क्षेत्र जितेको छ। 

    फौजदारी अभियोग पुष्टि भएपछि डिल्लीबजार सदरखोर कारागारमा रहेका चौधरीलाई भेट्न गठबन्धनका नेताहरु जेलमै पुगेका हुन्।

    जेलमा रहेका रेशम चौधरीलाई फकाएर सत्ता गठबन्धनमा ल्याउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई डिल्लीबजार सदरखोर पुगेका थिए।

    सोमबार प्रचण्डले चौधरीलाई भेटेका थिए । मंगलबार नेपाल र डा. भट्टराईले भेट गरे। कांग्रेस नेता डिल्ली चौधरी र गृहमन्त्रीका स्वकीय सचिव नरेन्द्र केसीले पनि चौधरीलाई भेटेर सरकार निर्माणमा सहयोग गर्न आग्रह गरेका छन्।

    सरकार निर्माणका लागि गठबन्धनलाई बहुमत पुर्याउन चौधरीको पार्टी निर्णायक छ। गठबन्धनले निर्धक्क बहुमत पुर्याएर सरकार निर्माण गर्ने प्रयास गरिरहेका बेला उनलाई फकाउन नेताहरुको लर्को जेलमै लागेको हो। 

    सो पार्टीबाट निर्वाचित सांसदहरुले सरकारमा जान चाहेपनि चौधरीको निर्णय कुरिरहेका छन्। आफ्ना माग मुद्दा सम्बोधन गरे सरकारमा जान तयार रहेको चौधरीले बताएका छन्। तर, उनको पहिलो सर्त राजबन्दीको रिहाइ रहेको छ। 
     

    प्रकाशित मिति :मंसिर १५ २०७९ बिहिवार - १६:२४:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij