Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

एमसिसीविरूद्ध नारा लगाउनेको मुखमा प्रचण्डले लगाए बुझो, यी १५० लाई प्रहरीले खोरमा जाक्यो 

एमसिसीविरूद्ध नारा लगाउनेको मुखमा प्रचण्डले लगाए बुझो, यी १५० लाई प्रहरीले खोरमा जाक्यो 


  • 6.2K
    Shares

    एमसिसीविरूद्ध नारा लगाउनेको मुखमा प्रचण्डले लगाए बुझो, यी १५० लाई प्रहरीले खोरमा जाक्यो 
    images

    काठमाडौं । प्रचण्डले एमसिसीविरूद्ध नारा लगाउनेलाई सडकमै हप्काएका छन् र त्यस्तो नारा नलगाउन भन्दै  रोकेका छन्।प्रचण्ड-नेपालले गरेको आमहड्तालमा सहभागी हुन पुल्चोक पुगेका प्रचण्डले त्यहाँ केहीबेर नाराबाजी गरेका थिए।

    कार्यकर्ताले नारा लगाउने क्रममा अमेरिकी परियोजना एमसिसीविरूद्ध नारा लगाएका थिए। तर प्रचण्डले तत्कालै त्यो नारा रोक्न लगाए।

    कार्यकर्ताले ‘एमसिसी चाहिँदैन’ भन्दै गर्दा प्रचण्डले हातले संकेत गरेर नारा नलगाउन भने। त्यसपछि उनले छेउमै रहेकी नेकपा स्थायी कमिटी सदस्य पम्फा भुसाललाई नारा रोक्न समेत भनेका थिए। लगत्तै एमसिसीविरूद्ध नारा लाग्न छोडेको थियो।

    संविधान मिचेर प्रतिगमन ल्याएकाले त्यसको विरूद्धमा मात्रै नाराबाजी लगाउन प्रचण्डले भनेका थिए। नेकपाभित्रको विवादकै कारण एमसिसी परियोजना अघि बढ्न सकेको छैन। एमसिसीलाई परिमार्जन गरेरमात्रै पारित गर्नुपर्ने पक्षमा प्रचण्ड छन्।

    यता , प्रचण्ड–नेपाल समूहले घोषणा गरेको आम हड्तालका क्रममा काठमाडौं उपत्यकाबाट १५० नेता–कार्यकर्ता पक्राउ परेका छन् । संवैधानिक आयोगमा नियुक्त गरिएको विरोधमा सो समूहले आज एकदिने आमहड्तालको घोषणा गरेको हो ।

    नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, अमृता थापा,विजय पौडेल लगायत १ सय ५० बढी नेता–कार्यकर्ता पक्राउ परेको संघर्ष समितिका संयोजक तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

    उपत्यकाका भित्री सडकमा बन्दको प्रभाव देखिए पनि बाहिरी सडकमा भने आवागमन खुकुलो देखिन्छ । प्रर्दशनकारी काठमाडौंको कोटेश्वरलगायत क्षेत्रमा जम्मा भएका छन् ।

    प्रकाशित मिति :माघ २२ २०७७ बिहिवार - १३:०३:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij