Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

करिब एक दशकदेखि लिभिङ टूगेदरमा भुवन र जिया, विवाहको विषयमा यसो भन्छन् भुवन ?

करिब एक दशकदेखि लिभिङ टूगेदरमा भुवन र जिया, विवाहको विषयमा यसो भन्छन् भुवन ?


  • 2.3K
    Shares

    करिब एक दशकदेखि लिभिङ टूगेदरमा भुवन र जिया, विवाहको विषयमा यसो भन्छन् भुवन ?
    images

    केही अगाडी अमेरिका भ्रमणको क्रममा अभिनेता भुवन केसीले प्रेमिका जिया केसीसँग छिट्टै विवाह गर्ने बताएका थिए । तर अहिले भने भुवनले जियासँग विवाह समयले बताउने बताए । बुधबार भुवन प्रेमिका जीयासँग अभिनेता सलोन बस्नेतको विवाह पार्टीमा सहभागी हुन पुगेका थिए ।

    सो क्रममा मिडियाकर्मीले भूवनलाई जीयासँग कहिले विवाह गर्ने ? प्रश्न राखे । जवाफमा भुवनले समय आएपछि भन्दै तर्किए । उनले भने, ‘आज हामी छोरा सलोन बस्नेतको बिहेमा आएका छौं । यसैले यहि विहेलाई नै सेलिब्रेट गरौं होला ।’

    भुवनसँग मिडियाकर्मीले छोरा अनमोलको विवाहको बिषयमा पनि प्रश्न राखेका थिए । जवाफमा भुवनले भने, ‘यो प्रश्न अनमोललाई नै सोध्नु ।’  भुवन र जिया करिब एक दशकदेखि लिभिङ टूगेदरमा छन् ।

    कुनै समय एक अर्कासँगको सम्बन्ध लुकाउने भुवन र जिया विगत केही समयदेखि भने खुलेरै प्रेमलाई व्यक्त गर्न थालेका छन् । उनीहरु एक अर्काेसँग अहिले सार्वजनिक कार्यक्रममा देखिन थालेको पनि धेरै भएको छ । 

    प्रकाशित मिति :मंसिर १५ २०७९ बिहिवार - १४:५१:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij