Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

वृद्धभत्ता ५० वर्षमै दिने प्रतिष्पर्धा हुन बेर छैन भन्दै गगन थापाले हाने यस्तो व्यङ्ग्य

वृद्धभत्ता ५० वर्षमै दिने प्रतिष्पर्धा हुन बेर छैन भन्दै गगन थापाले हाने यस्तो व्यङ्ग्य


  • 1.8K
    Shares

    वृद्धभत्ता ५० वर्षमै दिने प्रतिष्पर्धा हुन बेर छैन भन्दै गगन थापाले हाने यस्तो व्यङ्ग्य

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निजी क्षेत्र र सरकारबीच समन्वयको खाँचो रहेको बताएका छन्। बिहीवार आर्थिक पत्रकार समाज (सेजन) को २६ औँ वार्षिकोत्सवमा बोल्दै उनले दिगो आर्थिक विकासको लागि आर्थिक एजेण्डामा निजी क्षेत्रसँग सरकारको नाता नदीको दुई किनाराजस्तो भएको बताएका हुन्।

    उनले अब बन्ने सरकारले देशको अर्थतन्त्रलाई चलायमान बनाउन प्रधानमन्त्रीले आँट गरेर नै निजी क्षेत्र र सरकारसँगको सम्बन्धलाई सुदृढीकरण गर्न आवश्यक रहेको बताए।

    नेता थापाले भने, ‘निजी क्षेत्रसँग सरकारको नाता नदीको दुई किनाराजस्तो भयो। संविधान, ऐन, नियमले, हामी सबैले परिकल्पना गरेको कुरा भनेको हाम्रो पार्टनरसिप हो। पार्टनरबीचको खुला छलफल हुनुपर्छ। निजी क्षेत्र र सरकार चलाउनेबीच किन पारदर्शी छलफल हुँदैन? प्रधानमन्त्रीले सरकार सञ्चालन गर्न शुरु गरिसकेपछि प्रधानमन्त्रीलाई एफएनसीसीआई, सीएनआईले बेलाउने वा अन्य कुनैले बोलाउने होइन। निजी क्षेत्रलाई एक ठाउँमा राखेर छलफल गर्नुपर्छ। संसदीय व्यवस्थामा प्रधानमन्त्री यति पावरफुल हुन्छ कि उसले चाहेको कानुन २४ घण्टामा बदल्न सक्छ। प्रचलित कानुनमा समस्या छ भने कानुन बदलौँ। प्रधानमन्त्री जो कुर्सीमा बस्नुहुन्छ, उहाँले अहिलेको गम्भीरता बुझ्नुहुन्छ कि हुँदैन? अहिलेको इर्जेन्सीलाई बुझ्ने अवस्था बन्यो भने समस्याको हल खोज्न सकिन्छ।’

    उनले सस्तो लोकप्रियताका लागि नेतृत्व तहले वृद्धभत्तालाई छिटो-छिटो दिने निर्णय गरिहरेको बताए।

    नेता थापाले भने, ‘मलाई त अब प्रतिष्पर्धाको बेलामा ५० वर्षमा नै वृद्धभत्ता दिन्छन् कि जस्तो लागेको छ। प्रतिष्पर्धा भनेको छ, देखाइदिन्छौँ भनेको छ। मजस्तो नयाँ आउने प्रधानमन्त्रीले नेपालमा १ वर्ष भित्रमा मैले कति नयाँ रोजगारी सिर्जना गर्छु? कति सेक्टरमा र डिसेन्ट पे पाउने रोजगारी सिर्जना गर्छु? भन्ने कुरालाई मानक बनाउनुपर्ने हो। भाष्य नै हामीले गलत बनाएका छौँ।माथिबाट सरेर अहिले स्थानीय सरकारमा पनि गएको छ। स्थानीय सरकारमा पनि प्रतिष्पर्धा छ। कसले कति बाँड्ने भन्ने प्रतिष्पर्धा छ।हामीले इनोभेटिभ हुने ठाउँलाई बन्द गरिदियौँ।’

    महामन्त्री थापाले नयाँ सरकारले अर्थतन्त्रलाई थप खुला गर्ने बाटो नचाले निजी क्षेत्रको विश्वास डगमगाउने पनि बताए।

    प्रकाशित मिति :मंसिर १५ २०७९ बिहिवार - १३:३३:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij