Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

समानुपातिक मत गणना अन्तिम चरणमा, के नेकपा एकीकृत समाजवादीले कटाउला त थ्रेस होल्ड ?

समानुपातिक मत गणना अन्तिम चरणमा, के नेकपा एकीकृत समाजवादीले कटाउला त थ्रेस होल्ड ?


  • 2.0K
    Shares

    समानुपातिक मत गणना अन्तिम चरणमा, के नेकपा एकीकृत समाजवादीले कटाउला त थ्रेस होल्ड ?

    प्रतिनिधिसभा निर्वाचन समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार हालसम्म १ करोड २ लाख ५५ हजार ७४७ मत गणना भएको छ ।

    राष्ट्रिय दल बन्न प्रत्यक्षतर्फ एक सिट र समानुपातिकमा थ्रेस होल्ड कटाउनुपर्ने व्यवस्था छ । समानुपातिकतर्फ नेकपा एकीकृत समाजवादीले २ लाख ९२ हजार ९१० मत ल्याएको छ । 

    निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता थिए । जसमध्ये ६१ प्रतिशत अर्थात् करिब १ करोड नौ लाख मत खसेको निर्वाचन आयोगले  जनाएको छ।

    यसरी हेर्दा समाजवादीले थ्रेस होल्ड कटाउन अझै १० हजारको हाराहारीमा मत ल्याउनुपर्ने देखिन्छ । अब बाजुरा, स्याङ्जा र दोलखाको अन्तिम मतपरिणाम आउन बाँकी छ ।

    नेकपा एमाले,नेपाली कांग्रेस,माओवादी केन्द्र,राष्ट्रिय स्‍वतन्त्र पार्टी, राष्‍ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले थ्रेस होल्ड कटाएका छन्।

    प्रकाशित मिति :मंसिर १५ २०७९ बिहिवार - १३:१३:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij