Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

प्रदेश १ मा समानुपातिक मतगणना अन्तिम चरणमा, को बन्लान् एकीकृत समाजवादी र जसपाबाट समानुपातिक सांसद ?

प्रदेश १ मा समानुपातिक मतगणना अन्तिम चरणमा, को बन्लान् एकीकृत समाजवादी र जसपाबाट समानुपातिक सांसद ?


  • 2.2K
    Shares

    प्रदेश १ मा समानुपातिक मतगणना अन्तिम चरणमा, को बन्लान् एकीकृत समाजवादी  र जसपाबाट समानुपातिक सांसद ?

    प्रदेश १ मा समानुपातिक मतगणना अन्तिम चरणमा पुग्न लागेसँगै उक्त कोटाबाट को–को निर्वाचित होलान् भन्ने चासो बढेको छ । अब सुनसरीको ३ नम्बर निर्वाचन क्षेत्रको मात्रै समानुपातिक मतगणना बाँकी छ ।

    अहिलेसम्मको मत परिणाममा प्रदेश १ मा नेकपा एमाले पहिलो, नेपाली काँग्रेस दोस्रो, राप्रपा तेस्रो, नेकपा माओवादी चौथो, जनता समाजवादी पाँचौं र नेकपा (एकीकृत समाजवादी) छैठौं स्थानमा छन् । अन्य पार्टीहरुले समानुपातिक तर्फ १.५ प्रतिशत (थ्रेस होल्ड) पार गरेका छैनन् । 

    हालसम्म पाएको समानुपातिक मत अनुसार थ्रेस होल्ड कटाएर हिसाव गर्दा एमालेले ३८.३८ प्रतिशत, काँग्रेसले ३२.२९ प्रतिशत, राप्रपाले ११.६१ प्रतिशत, माओवादीले १०.८० प्रतिशत, जसपाले ३.५६ प्रतिशत र नेकपा एसले ३.३३ प्रतिशत मत ल्याएका छन् । 

    उक्त मत प्रतिशतका आधारमा एमालेले १४, काँग्रेसले १२, राप्रपा र माओवादीले ४–४, जसपा र नेकपा एसले १–१ सांसद पाउनेछन् । अन्य एक जना सांसद भने मतपरिणामको अन्तिम अवस्था हुँदा निर्वाचन आयोगले टुंगो लगाउने छ ।

    संविधानको व्यवस्था अनुसार सबै क्लस्टरबाट ५० प्रतिशत महिला सहभागीता अनिवार्य गराउनु पर्दछ । प्रदेशसभा सदस्य निर्वाचन नियमावली २०७४ अनुसार १ जना समानुपातिक सांसद पाउनेले आदिवासी जनजाति पठाउनु पर्दछ । जसपाले प्रत्यक्ष निर्वाचनमा एक जना पनि नजितेको कारण उसले पाउने एक समानुपातिक सदस्यमा आदिवासी जनजाति महिलाबाट पहिलो नम्बरमा रहेकी ताप्लेजुङकी निर्मला लिम्बू सांसद हुने देखिन्छ । 

    यता, नेकपा एकीकृत समाजवादीले पनि पाउने एक समानुपातिक सांसद कोटामा उदयपुरकी गंगा कुमारी कार्की पर्ने देखिएको छ । कार्की खस आर्य महिला कोटाको एक नम्बरमा छिन् । 

    नेकपा एकीकृत समाजवादीले जितेका प्रत्यक्ष ३ सिटमा तीन जना नै आदिवासी जनजाति राजेन्द्रकुमार राई (भोजपुर १), कमल जबेगु (पाँचथर १) र खिनु लङ्वा लिम्बू (इलाम १ (१)) छन् । ३३ प्रतिशत महिला पुर्याउने संवैधानिक प्रावधान अनुसार अब खस आर्य महिला कोटाको पहिलो नम्बरमा रहेकी कार्की नै निर्वाचित हुने देखिन्छ ।

    प्रकाशित मिति :मंसिर १४ २०७९ बुधवार - १४:३१:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij