Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

प्रतिनिधिसभाको समानुपातिकको १ करोड मत गणना गर्दा एमालेले कटायो २७ लाख, अरुको कति ?

प्रतिनिधिसभाको समानुपातिकको १ करोड मत गणना गर्दा एमालेले कटायो २७ लाख, अरुको कति ?


  • 3.0K
    Shares

    प्रतिनिधिसभाको समानुपातिकको १ करोड मत गणना गर्दा एमालेले कटायो २७ लाख, अरुको कति ?

    प्रतिनिधिसभाको समानुपातिकतर्फ १ करोड मत गणना हुँदा एमालेले २७ लाख कटाएको छ। निर्वाचन आयोगको तथ्यांक अनुसार बुधबार १ करोड ४१ हजार १२८ मत गणना हुँदा एमालेले २७ लाख ९९४ मत ल्याएर पहिलो स्थान कायम गरेको हो। 

    नेपाली कांग्रेसले २५ लाख ५९ हजार ८४ मत ल्याएर दोस्रो स्थानमा रहेको छ। यसैगरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ११ लाख ४५ हजार ३४५ मत ल्याएर तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार ६४७ मत ल्याएर चौंथो स्थान कायम गरेको हो।

    राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ७१ हजार १४३, जनता समाजवादी पार्टीले ३ लाख ९६ हजार ४५१, जनमत पार्टीले ३ लाख ५९ हजार ८८८ मत पाएका छन्।  

    यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)ले २ लाख ८२ हजार ६०६, नागरिक उन्मुक्ति पार्टीले २ लाख ५० हजार ४३१, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले १ लाख ४८ हजार ७५६ मत ल्याएका छन्। समानुपातिकतर्फको मत गणना जारी रहेको छ।

    प्रकाशित मिति :मंसिर १४ २०७९ बुधवार - १४:१२:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij