Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

संघीय संसद्को एक कार्यकाल पूरा: प्रतिनिधिसभामा रहेका सबै विधेयक निस्क्रिय, राष्ट्रियसभाका यथावत

संघीय संसद्को एक कार्यकाल पूरा: प्रतिनिधिसभामा रहेका सबै विधेयक निस्क्रिय, राष्ट्रियसभाका यथावत


  • 1.7K
    Shares

    संघीय संसद्को एक कार्यकाल पूरा: प्रतिनिधिसभामा रहेका सबै विधेयक निस्क्रिय, राष्ट्रियसभाका यथावत

    संघीय संसद्को एक कार्यकाल पूरा भएको छ । मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भएसँगै अब दोस्रो संघीय संसदको कार्यकाल सुरु हुँदै छ । मंसिर ४ गते भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । अधिकांश स्थानमा भने मतपरिणाम आइसकेको छ । 

    मतपरिणाम अन्तिम चरणमा पुगेसँगै आम नागरिकमा संघीय संसद्मा दर्ता भएका विधेयकहरू अब के होलान् ? भन्ने चासो छ । न्युज एजेन्सी नेपालसँग संघीय संसद सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले संघीय संसदमा दर्ता भएका विधेयकमध्ये केही निस्क्रिय भइसकेको र केही विचाराधीन अवस्थामा रहेको बताए ।

    उनले प्रतिनिधिसभामा उत्पादित भएर प्रक्रियागतरूपमा रहेका र प्रतिनिधिसभामा विचाराधीन रहेका विधेयकहरू निस्क्रिय भइसकेको बताए । राष्ट्रियसभामा उत्पत्ति भएर राष्ट्रियसभामा नै विचाराधीन रहेका विधेयकहरू भने अधिवेशन सुरु भएपछि सोही अवस्थाबाट सुरु हुने बताए । 

    राष्ट्रियसभामा उत्पत्ति भएर राष्ट्रियसभामा नै विचाराधीन रहेका विधेयक १२ वटा छन् । सहायक प्रवक्ता धमलाले राष्ट्रियसभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधीन रहेका बाहेकका विधेयकहरू भने निस्क्रिय भइसकेको जानकारी दिए । उनले यदी सरकारले तिनै विधेयकहरू ल्याउन चाहेको खण्डमा भने फरक ढंगले ल्याउनु पर्ने र ति विधेयकको पुनः नयाँ प्रक्रिया (जिरोबाट) सुरु हुने बताए । 

    सहायक प्रवक्ता धमलाले विधेयकहरू राष्ट्रियसभाबाट आए राष्ट्रिय सभाबाट नै अघि बढ्ने र प्रतिनिधिसभाबाट आए प्रतिनिधिसभाबाटै अघि बढ्ने प्रावधान रहेको बताए । 
     

    प्रकाशित मिति :मंसिर १४ २०७९ बुधवार - १२:५३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij