Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

नयाँ सरकार गठनका लागि आन्तरिक छलफलमा एमाले

नयाँ सरकार गठनका लागि आन्तरिक छलफलमा एमाले


  • 2.1K
    Shares

    नयाँ सरकार गठनका लागि आन्तरिक छलफलमा  एमाले

    मंसिर-४ मा सम्पन्न आम निर्वाचनको परिणामले नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बन्ने देखिएको छ। तर समानुपातिक मतमा भने एमाले पहिलो बनेको छ। निर्वाचनले सरकार गठनका लागि कुनै पनि दललाई स्पष्ट बहुमत नदिएपछि अब फेरि गठबन्धन सरकार नै गठन हुने देखिएको छ।

    त्यसका लागि वर्तमान सत्ता गठबन्धनले सरकार गठनको पहल थालेको छ। यही गठबन्धनलाई निरन्तरता दिने गरी सत्ता गठबन्धनबीच छलफल सुरु भएपनि शक्ति बाँडफाँटका विषयमा उनीहरुबीच कुरा मिलिसकेको छैन।

    सत्ता गठबन्धनले अहिलेकै गठबन्धनलाई निरन्तरता दिने गरी सरकार गठनको प्रयास गरेका बेला नेकपा एमालेले पनि अनौपचारिक रुपमा सरकार गठनका लागि प्रयास सुरु गरेको छ। समानुपातिकतर्फ ठूलो दल बनेको एमालेले जनताले सबै दललाई मिलेर काम गर्ने म्याण्डेड दिएकाले सरकार गठनका लागि अनौपचारिक रुपमा छलफल थालेको हो।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिन अगाडि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरेर जितको शुभकामना दिँदै प्रचण्डसँग औपचारिक संवादको थालनी गरिसकेका छन्।

    माओवादी भित्र पनि बाम शक्तिबीच तालमेल गर्दै वाम सरकार गठन गर्नुपर्ने आवाज उठ्न थालेको छ। विशेष गरी महासचिव देव गुरुङ कांग्रेससँगको गठबन्धनले पार्टीलाई फाइदा नपुगेको भन्दै वाम तालमेल गर्नुपर्ने पक्षमा छन्।

    एमाले उपाध्यक्ष सुवास नेम्वाङ निर्वाचन परिणामले सबै दल मिल्नुको विकल्पन नरहेको बताउँछन्। कुनै पनि दल वा गठबन्धनको स्पष्ट बहुमत आउने अवस्था नदेखिएको भन्दै सरकार गठनका विषयमा दलहरुबीच संवाद र छलफल हुनु स्वभाविक भएको उनको भनाइ छ।

    जनताले निषेधको राजनीतिलाई खारेज गरिदिएको उल्लेख गर्दै नेम्वाङले सबै दल मिलेर अगाडि बढ्नुपर्नेमा उनको जोड छ।

    एमालेले औपचारिक रुपमा सरकार गठनको पहल थालेको छैन। तर अनौपचारिक रुपमा उ विभिन्न दलसँग संवादमा नै छ। सकेसम्म वाम सरकार गठनका लागि एमालेले प्रयत्न गर्ने र त्यस्तो संभव नभए अन्य विकल्पमा पनि जान सकिने गरी छलफल भइरहेको स्रोतले जनाएको छ।

    प्रकाशित मिति :मंसिर १४ २०७९ बुधवार - ११:५६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij