Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

बा १७ च ३० ७१ को ल्याण्डक्रुजर गाडीमा चढेर आम हड्ताल सफल बनाउन प्रचण्डले दिए यस्तो उर्दी 

बा १७ च ३० ७१ को ल्याण्डक्रुजर गाडीमा चढेर आम हड्ताल सफल बनाउन प्रचण्डले दिए यस्तो उर्दी 


  • 6.9K
    Shares

    बा १७ च ३० ७१ को ल्याण्डक्रुजर गाडीमा चढेर आम हड्ताल सफल बनाउन प्रचण्डले दिए यस्तो उर्दी 
    images

    काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपाल पार्टीले आयोजना गरेको आमहड्तालको निरीक्षण गर्न निस्केका छन्।

    बिहीबार बिहान अध्यक्ष नेपाल कोटेश्वर निवासबाट बा ४२ प ५८१४ नम्बरको स्कुटर पछाडि बसेर आमहड्ताल निरीक्षणमा निस्किएका हुन् । अध्यक्ष नेपाल उपत्यकाका विभिन्न स्थानमा भएको प्रदर्शनको निरीक्षण गरेको नेकपा पार्टी कार्यालयका उपसचिव मोहन गौतमले जानकारी दिए।

    ‘अध्यक्ष नेपालले कोटेश्वर र सातदोबाटोमा भइरहेको प्रदर्शनको निरीक्षण गर्नु भएको छ’, गौतमले  भने। आमहड्तालकै क्रममा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार बिहान पुल्चोकमा धर्ना बसेका थिए। धर्नापछि कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले फागुनको पहिलो साताबाट संयुक्त संघर्ष हुने र ओली सरकारलाई ढाल्ने बताए।

    सरकारले संसदीय सुनुवाइबिनै संवैधानिक आयोगका पदाधिकारी नियुक्त गरेको विरोधमा प्रचण्ड–नेपाल समूहले बिहीबार आमहड्ताल गरेको हो। अहिलेसम्म देशभर बन्दको प्रभाव सामान्य रहेको प्रहरीले जनाएको छ।

    खुमलटारबाट गाडीमा निस्केका प्रचण्ड सातदोबाटो, कोटेश्वर, पुल्चोक हुँदै विभिन्न ठाउँमा आफ्नै गाडीमा गएका छन् । आफैंले गरेको बन्दको अवज्ञा गर्दै बा १७ च ३० ७१ को ल्याण्ड क्रुजर गाडीमा चढेर प्रचण्डले आम हड्ताल सफल बनाउन कार्यकर्ताहरुलाई निर्देशन दिए ।

    माधव नेपाल भने केही ठाउँमा गाडी र केही ठाउँमा कार्यकर्ताको स्कुटरमा सवार भएर आम हड्तालको अनुमगन तथा धर्नामा सहभागी भएका छन् ।

    आमहड्ताल सफल बनाउन प्रचण्ड माधव समूहले काठमाण्डौका प्रमुख स्थानका लागि कमाण्डर नै तोकेको थियो । जस अनसार युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य कलंकीमा तोकिएकामा शाक्यलाई बिहानै प्रहरीले पक्राउ गरेको थियो ।

    त्यस्तै बेदुराम भुसाल बल्खु, देव गुरुङ सातदोबाटो, लीलामणि पोखरेल कोटेश्वर, हरिबोल गजुरेल र बर्षमान पुन चावहिल, शक्ति बस्नेत महारागञ्ज, भीम रावल गोंगबु, रघुजी पन्त बालाजु, नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा रत्नपार्क र पम्फा भुसाललाई पुल्चोकको कमाण्डरको जिम्मेवारी दिइएको थियो । उनीहरूकै नेतृत्वमा कार्यकर्ताहरू बन्द सफल बनाउन सडकमा निस्किएका थिए ।

    प्रकाशित मिति :माघ २२ २०७७ बिहिवार - १२:३१:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij