Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

समानुपातिकतर्फ १ कराेड १२ हजार मत गन्दा कसले कति पाए?

समानुपातिकतर्फ १ कराेड १२ हजार मत गन्दा कसले कति पाए?


  • 1.9K
    Shares

    समानुपातिकतर्फ १ कराेड १२ हजार मत गन्दा कसले कति पाए?

    समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड १२ हजार ४७ मत गणना भएको छ। निर्वाचन आयोगका अनुसार बुधबार बिहान १०:३० बजेसम्म नेकपा एमालेले २६ लाख ९७ हजार ६६४ मत ल्याउँदै अग्रता कायमै राखेकाे छ।

    दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको २५ लाख ५५ हजार १५९ मत छ। यसैगरी, तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रको ११ लाख ४१ हजार २७३ मत छ भने चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको १० लाख ९७ हजार ७८९ मत छ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ७० हजार ३०४ मतसहित पाँचौँ स्थानमा छ भने छैटौँ स्थानमा रहेको जनता समाजवादी पार्टीको ३ लाख ९३ हजार ५९९ मत छ।

    यस्तै, जनमत पार्टीले ३ लाख ५४ हजार ३५८ मत पाउँदा नेकपा एकीकृत समाजवादी पार्टीले २ लाख ८२ हजार १८९ मत पाएको छ।

    यस्तै, नागरिक उन्मुक्ति पार्टीले नागरिक उन्मुक्ति पार्टीले २,४४,३४३, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १,४७,५०७, नेपाल मजदुर किसान पार्टीले ७३,६२९, हाम्रो नेपाली पार्टीले ५३,९१०, मंगोल नेसनल अर्गनाइजेसनले ४७,८०५ मत ल्याएकाे छ।

    कुनै पनि राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाउन कुल सदर मतको ३ प्रतिशत कटाउनुपर्ने व्यवस्था छ।

    प्रकाशित मिति :मंसिर १४ २०७९ बुधवार - ११:११:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij