Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

धनुषाबाट श्रीमान-श्रीमती नै प्रत्यक्ष निर्वाचित, संसदमा हुने भए तीन जोडी!

धनुषाबाट श्रीमान-श्रीमती नै प्रत्यक्ष निर्वाचित, संसदमा हुने भए तीन जोडी!


  • 2.4K
    Shares

    धनुषाबाट श्रीमान-श्रीमती नै प्रत्यक्ष निर्वाचित, संसदमा हुने भए तीन जोडी!

    धनुषाका चार प्रतिनिधि सभा क्षेत्रमध्ये दुई क्षेत्रमा एमालेबाट श्रीमान-श्रीमतीले नै प्रत्यक्षतर्फ चुनाव जितेका छन् ।

    धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट जुलीकुमारी महतो र धनुषा ४ बाट रघुवीर महासेठ निर्वाचित भएका हुन् । महासेठ र महतो श्रीमान-श्रीमती हुन् ।

    यसअघि पनि दुवैजना सांसद थिए । २०७४ मा महासेठ प्रत्यक्षबाट र जुली समानुपातिक कोटाबाट सांसद बनेका थिए । उनीहरु दुवैजना पालैपालो केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री पनि भएका थिए । यसपटक रघुवीर र जुली दुवैले सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै प्रत्यक्ष निर्वाचित भएका हुन् ।

    उसो त प्रतिनिधिसभामा थप दुई जोडी पनि आउने निश्चित भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा तथा जसपा नेता अशोक राई र उनकी श्रीमती सुशीला श्रेष्ठ संसदमा देखिनेछन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट प्रत्यक्षतर्फ निर्वाचित भएका छन् भने उनकी श्रीमती आरजु राणा कांग्रेसको समानुपातिक तर्फको सूचीमा पहिलो नम्बरमा छिन् । प्रत्यक्षतर्फ पुरुषहरु नै ज्यादा निर्वाचित भएका कारण समानुपातिकमा महिलाहरु बढ्ता आउने छन् । यसमा पहिलो नम्बरमा रहेकी आरजु आउने पक्का छ ।

    यस्तै, जनता समाजवादी पार्टी (जसपा)का अशोक राई सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका छन् । सुशीला श्रेष्ठको नाम समानुपातिकमा छ । जसपाका पनि पुरुषहरु ज्यादा निर्वाचित भएका कारण श्रेष्ठ समानुपातिकतर्फबाट निर्वाचित हुने देखिन्छ ।

     

    प्रकाशित मिति :मंसिर १३ २०७९ मंगलवार - १५:५१:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij