Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

गठबन्धनलाई निरन्तरता दिने एकीकृत समाजवादीको निर्णय

गठबन्धनलाई निरन्तरता दिने एकीकृत समाजवादीको निर्णय


  • 4.0K
    Shares

    गठबन्धनलाई निरन्तरता दिने एकीकृत समाजवादीको निर्णय

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले अहिलेको सत्ता गठबन्धनलाई आगामी दिनका लागि समेत निरन्तरता दिने निर्णय गरेको छ ।

    चुनावी परिणामबारे छलफल गर्न मंगलबार बसेको सचिवालयको बैठकले परिणाम सोचे जस्तो नआए पनि गठबन्धनलाई भोलिका दिनमा पनि कायम राखेर जाने निर्णय गरेको हो ।

    ‘जे जस्तो मत परिणाम हामीले प्राप्त गर्‍यौ, यो परिणाम हामीले सोचेको जस्तो छैन्,’ बैठकबारे प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने, ‘तर, गठबन्धनका कारण प्राप्त गरेका उपलब्धीलाई हामीले रक्षा गर्नुपर्छ भन्ने ठाउँमा र गठबन्धनको भावना अनुसार भोलि पनि काम गर्नुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौं ।’

    खतिवडाले सम्पूर्ण चुनावी परिणाम आउन बाँकी रहेकाले विस्तृत समीक्षा भने पछि गरिने जानकारी दिए । त्यस्तै सरकार गठन पनि सबै नजिता आएपछि मात्रै स्पष्ट हुने बताए ।

    प्रकाशित मिति :मंसिर १३ २०७९ मंगलवार - १५:०६:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij