Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

७ पुग्यो राष्ट्रिय दल बन्ने राजनीतिक पार्टीको संख्या, थ्रेसहोल्ड कटाउने कठिन संघर्षमा एकीकृत समाजवादी

७ पुग्यो राष्ट्रिय दल बन्ने राजनीतिक पार्टीको संख्या, थ्रेसहोल्ड कटाउने कठिन संघर्षमा एकीकृत समाजवादी


  • 1.9K
    Shares

    ७ पुग्यो राष्ट्रिय दल बन्ने राजनीतिक पार्टीको संख्या,  थ्रेसहोल्ड कटाउने कठिन संघर्षमा एकीकृत समाजवादी

    प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ जारी मत गणनामा जनमत पार्टीले थ्रेसहोल्ड सीमा पार गरेसँगै राष्ट्रिय दल बन्ने राजनीतिक पार्टीको संख्या ७ पुगेको छ। 

    प्रत्यक्षतर्फ एक सिट जितेको उसले समानुपातिकको थ्रेसहोल्ड ३ लाख २० हजारभन्दा माथि मत पुर्‍याएको हो। 

    यसअघि नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले राष्ट्रिय दल बन्ने मापदण्ड पूरा गरिसकेका छन्। 

    यसैबीच एकीकृत समाजवादी पनि थ्रेसहोल्ड कटाउने कठिन संघर्षमा छ। उसले यो खबर तयार पार्दासम्म समानुपातिक मतको संख्या २ लाख ७१ हजार ५ सय ३८ ल्याएको छ। थ्रेसहोल्ड कटाउन उसलाई अझै ५० हजार मत आवश्यक देखिन्छ। 

    निर्वाचन आयोगका अनुसार अहिलेसम्म समानुपातिकतर्फ ९७ लाख २२ हजार ९ सय ५२ मत गणना भइसकेको छ। 

    आयोगका अनुसार कूल खसेको मतको संख्या १ करोड ९ लाख ७० हजार हो भने अहिलेसम्मको आकलनअनुसार ३ लाख मत बदर भएका छन्। यस आधारमा कूल सदर मतको संख्या १ करोड ६ लाख ७० हजार हुन्छ। यो हिसाबले अब समानुपातिकतर्फ गन्न बाँकी मतको संख्या ९ लाख ४७ हजार ४८ हुन्छ। 

    प्रकाशित मिति :मंसिर १३ २०७९ मंगलवार - १३:१३:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij