Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

निर्वाचन २०७९: कुन-कुन पार्टी राष्ट्रिय पार्टी होलान् ? के छ मापदण्ड ?

निर्वाचन २०७९: कुन-कुन पार्टी राष्ट्रिय पार्टी होलान् ? के छ मापदण्ड ?


  • 2.5K
    Shares

    निर्वाचन २०७९: कुन-कुन पार्टी राष्ट्रिय पार्टी होलान् ? के छ मापदण्ड ?

    काठमाडौं । गत मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मत खसेको छ । यो खसेको मत अनुसार हाल निर्वाचन आयोगको अनुमान अनाुसार कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता मध्ये ६१ प्रतिशत मतदानमा सहभागी  भएको देखिन्छ । जुन एक करोड ९ लाख ७० हजार बढी मतदान भएको छ । निर्वाचन आयोगको प्रारम्भिक अनुमान अनुसार समानुपातिक प्रणालीमा दलहरूले सिट पाउनका लागि तीन लाख २० हजार बढी मत ल्याउनुपर्ने देखिएको छ।

    विगतको निर्वाचनमा प्रतिनिधिसभामा र प्रदेशसभा दुवैको समानुपातिक मतपत्र एउटै भएका कारण धेरै मत बदर भएको थियो। प्रत्यक्षतर्फ तीन प्रतिशत बढी मत बदर भएको थियो। यो निर्वाचनमा पनि तीन प्रतिशतकै हाराहारीमा मत बदर हुनसक्ने आशङ्का निर्वाचन आयोगका अधिकारीहरूले गरेका छन्।

    आयोगले अनुमान गरेजस्तै तीन लाख हाराहारी मत बदर भएको अवस्थामा एक करोड ६ लाख मतको तीन प्रतिशत मत ल्याउने दलले समानुपातिक प्रणालीबाट संसद्मा आफ्ना उम्मेदवार निर्वाचित गराउन सक्छ। बदर भएको मत घटाएर कुल सदर मतको तीन प्रतिशत मत तीन लाख २० हजार आसपास हुन आउँछ।

    प्रतिनिधिसभा निर्वाचन ऐनको दफा ६० को उपदफा १२ मा समानुपातिकमा तीन प्रतिशत भन्दा कम मत ल्याउने दलहरूको मत “दलले प्राप्त गरेको कुल मतमा गणना गरिने छैन” भन्ने व्यवस्था उल्लेख छ। 

    यसमा हेर्दा हालसम्म नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल, जनमत पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय पार्टी बन्ने लगभग पक्का भएको छ भने गठबन्धनमा रहेको नेकपा एकिकृत समाजवादी लगायत नागरिक उन्मूक्ति पार्टीले हालसम्म पनि समानुपातिक तर्फ तीन लाख कटाउन सकेको छैन ।  

    कुन-कुन दल राष्ट्रिय पार्टी बन्छन्

    निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालका अनुसार समानुपातिकतर्फ मतगणनाको नतिजा आयोगको प्रणालीमा समावेश गर्ने क्रम जारी छ।

    "अहिलेसम्म करिब ९० प्रतिशत गणना सकियो र मतदान सकिएका क्षेत्रहरूको बाँकी मतगणना पनि अबको केही दिनभित्रै सकिन्छ," उनले भने।

    "अहिलेसम्मको अवस्था हेर्दा ६ वटा राजनीतिक दलहरूले तीन प्रतिशत मत कटाउने देखिएको छ भने अरू केही दलहरूको यसै भन्न सकिने अवस्था छैन।"

    सीके राउत नेतृत्वको जनमत पार्टीले ३ प्रतिशत मत पुर्‍याएको छ भने माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले हालसम्म २.७६ प्रतिशत मत ल्याएको छ।

    दुवै दलले प्रत्यक्षमा पनि सिट पाएका कारण समानुपातिकमा मतगणनाको अन्तिम समयसम्म तीन प्रतिशत बढी मत कायम राख्न सकेमा राष्ट्रिय दल बन्नेछन्।

    मतगणनाको सुरुवाती चरणबाटै एकीकृत समाजवादीले दुई प्रतिशत माथि तर तीन प्रतिशत भन्दा कम मत पाइरहेको छ।

    सुरुवाती चरणबाटै ३ प्रतिशतभन्दा कम मत पाएको जनमत पार्टीले मङ्गलवार बिहानसम्म ३ प्रतिशत कायम गरेको निर्वाचन आयोगको विवरणले देखाउँछ।

    प्रकाशित मिति :मंसिर १३ २०७९ मंगलवार - ११:३४:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij