Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

समानुपातिकतर्फ एमालेले कटायो २६ लाख मत, जनमत पार्टीले पनि कटायो थ्रेस होल्ड !

समानुपातिकतर्फ एमालेले कटायो २६ लाख मत, जनमत पार्टीले पनि कटायो थ्रेस होल्ड !


  • 1.8K
    Shares

    समानुपातिकतर्फ एमालेले कटायो २६ लाख मत, जनमत पार्टीले पनि कटायो थ्रेस होल्ड !

    प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल ९६ लाख ४७ हजार ४१० मत गणना गरिएको छ।

    समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलको चुनाव चिन्हमा मतदान गरिने हुनाले दलको लोकप्रियता निर्धारण हुन्छ। निर्वाचन आयोगका अनुसार हालसम्म गणना गरिएको मतअनुसार नेकपा(एमाले)ले २६ लाख ३३६ मत प्राप्त गरेको छ।

    नेपाली कांग्रेसले २४ लाख ६४ हजार ३१, नेकपा (माओवादी केन्द्र)ले ११ लाख ७ हजार ७१८ र राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७५ हजार १५५ मत प्राप्त गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ५३ हजार ९७४, जनता समाजवादी पार्टीले तीन लाख ६७ हजार ७६० र जनमत पार्टीले ३ लाख १६ हजार ५९२ मत प्राप्त गरी थ्रेस होल्ड कटाएका छन्।

    आयोगको विवरणअनुसार नेकपा (एकीकृत समाजवादी)ले दुई लाख ६५ हजार ९८४ मत प्राप्त गरेको छ। बाँकी रहेको मतगणनामा एकीकृत समाजवादीले थ्रेस होल्ड कटाउने अपेक्षा गरिएको छ।

    आयोगका अनुसार नागरिक उन्मुक्ति पार्टीले दुई लाख ४५ हजार ५४८, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ३८ हजार ६९०, नेपाल मजदुर किसान पार्टीले ७३ हजार २१५, हाम्रो नेपाली पार्टीले ५३ हजार ३४४ मत, मंगोल नेशनल अर्गनाइजेशनले ४६ हजार ५२२, राष्ट्रिय जनमोर्चाले ४५ हजार ३३४, नेपाल सङ्घीय समाजवादी पार्टीले ३५ हजार ६९० र नेकपा(माले)ले २७ हजार ४५४ मत प्राप्त गरेका छन्।

    समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत कूल ४७ दलले निर्वाचन प्रक्रियामा भाग लिएका थिए। त्यसमध्ये सबैभन्दा अन्तिममा रहेको नेश्नलिष्ट पिपल्स पार्टीले एक हजार ८४९ मत प्राप्त गरेको छ।

    प्रकाशित मिति :मंसिर १३ २०७९ मंगलवार - ११:१७:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij