२०८२ माघ १६ गते शुक्रवार
चुनावी समीक्षाका लागि नेकपा एकीकृत सामाजवादीले सचिवालय बैठक बोलाएको छ । दिउँसो १२ बजेपछि बस्नेगरी बैठक बोलाएको उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।
चुनावपछिको प्रारम्भिक समीक्षाका लागि बैठक बोलाइएको हो । ‘चुनावको समीक्षा र पार्टीको भावी कार्यक्रम लगा यतमा सामान्य छलफल सुरु हुन्छ’, पाण्डेको भनाइ छ ।
गठबन्धन गरेर निर्वाचन लडेको सो पार्टीले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १० सिट जितेपनि थ्रेसहोल्ड कटाउन मुस्किल हुने देखिएको छ । साथै यसअघि चुनाव जित्ने निश्चित भएका भनिएका नेताहरु समेत पराजित बन्न पुगेका छन् । रामकुमारी झाँक्री, सोमप्रसाद पाण्डे, जगन्नाथ खतिवडा लगायतका नेताहरु पराजित भएकाले गठबन्धन इमान्दार नभएको कतिपय नेताहरुको भनाइ छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij