Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

समानुपातिकतर्फ माओवादीले कटायो ११ लाख मत

समानुपातिकतर्फ माओवादीले कटायो ११ लाख मत


  • 1.4K
    Shares

    समानुपातिकतर्फ माओवादीले कटायो ११ लाख मत

    नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ ११ लाख मत कटाएको छ । मंगलबार बिहान १० बजेको अद्यावधिक विवरणअनुसार माओवादी केन्द्रले ११ लाख १ हजार ७२९ मत पाएको हो । ११ लाख मत कटाएर माओवादी केन्द्रले तेस्रो स्थान हासिल गर्दा २५ लाख ८६ हजार मतसहित नेकपा एमालेले पहिलो स्थानमा छ ।

    यस्तै २४ लाख ५३ हजार मतसहित कांग्रेस दोस्रो स्थानमा हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७१ हजार मत पाउँदै चौथो स्थान हासिल गरेको छ । 

    यस्तै राप्रपाले ५ लाख ५२ हजार मत पाउँदा जसपाको मत ३ लाख ५८ हजार रहेको छ । यस्तै थ्रेस होल्डको नजिक रहेको जनमत पार्टीले ३ लाख १ हजार मत पाउँदा एकीकृत समाजवादी पार्टीले २ लाख ६४ हजार मत पाएको छ । यस्तै नागरिक उन्मुक्ति पार्टीले २ लाख ४६ हजार मत पाएको निर्वाचन आयोगले जनाएको छ । 

    प्रकाशित मिति :मंसिर १३ २०७९ मंगलवार - १०:१४:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij