Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

माओवादीले रास्वपालाई १२ हजार मतान्तरले पछि पार्‍यो

माओवादीले रास्वपालाई १२ हजार मतान्तरले पछि पार्‍यो


  • 2.1K
    Shares

    माओवादीले रास्वपालाई १२ हजार मतान्तरले पछि पार्‍यो

    प्रतिनिसभा समानुपातिकतर्फ जारी मत गणनामा आपसमा अघिपछि भइरहेका नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीबीच पछिल्लो समय भने मतान्तर ह्वात्तै बढेको छ। अर्थात् कतिपल्ट राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा पछि परेको माओवादी केन्द्रले अहिले भने उसलाई १२ हजारभन्दा बढी मतले पछाडि पारेको हो। 

    निर्वाचन आयोगको अपराह्न ४ः२५ बजेसम्मको तथ्यांकअनुसार नेकपा माओवादी केन्द्रले १० लाख ७७ हजार ४ सय ७२ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६५ हजार ४ सय ६८ मत पाएको छ। उनीहरुबीच १२ हजार ४ मतान्तर छ। केही समयअघिसम्म थोरै मतले मात्र अगाडि माओवादीले अहिले भने राष्ट्रिय स्वतन्त्र पार्टीसँगको मतान्तर ह्वात्तै बढाएको हो। 

    समानुपातिकतर्फ पहिलो रहेको नेकपा एमालेले यो खबर तयार पार्दासम्म २५ लाख ४८ हजार २ सय ३५ मत प्राप्त गरेको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २४ लाख १२ हजार ७ सय ७ मत ल्याएको छ। 

    समानुपातिकमा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी क्रमशः तेस्रो र चौथो स्थानमा छन्। उनीहरूले प्राप्त गरेको मतको संख्या माथि उल्लेख भइसकेको छ। 

    यस्तै पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिलेसम्म ५ लाख ४६ हजार ४ सय ३३ मत पाएको छ भने छैटौँ स्थानमा रहेर जनता समाजवादी पार्टीले ३ लाख ३३ हजार ४१ मत ल्याएको छ।

    अहिलेसम्म यिनै ६ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने देखिएको छ। प्रतिनिधिसभामा प्रत्यक्ष एक सिट जितेर समानुपातिकमा थ्रेसहोल्ड (३ लाख २० हजार मत) कटाउने दलले मात्र राष्ट्रिय दलको मान्यता पाउँछन्। 

    प्रकाशित मिति :मंसिर १२ २०७९ सोमवार - १६:३८:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij