Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

समानुपातिकतर्फ मधेस प्रदेशमा कुन पार्टीले कति पाए मत ?

समानुपातिकतर्फ मधेस प्रदेशमा कुन पार्टीले कति पाए मत ?


  • 1.8K
    Shares

    समानुपातिकतर्फ मधेस प्रदेशमा कुन पार्टीले कति पाए मत ?

    प्रतिनिधिसभा र प्रदेशसभाको मंसिर ४ गते सम्पन्न निर्वाचनअन्तर्गत समानुपातिकतर्फ मधेस प्रदेशमा अहिलेसम्म कुल १७ लाख ३६ हजार ४०५ मतगणना गरिएको छ ।

    आयोगका अनुसार हालसम्म गणना गरिएको मतअनुसार मधेस प्रदेशमा नेपाली कांग्रेसले ३ लाख ४३ हजार २७२ मत प्राप्त गर्दा नेकपा एमालेले ३ लाख ५ हजार ४६२ र जनता समाजवादी पार्टी नेपालले २ लाख ४९ हजार ६८० मत प्राप्त गरेको छ । 

    त्यस्तै, जनमत पार्टीले २ लाख ४३ हजार २९१, नेकपा माओवादी केन्द्रले १ लाख ५६ हजार ९७० र नेकपा एकीकृत समाजवादी पार्टीले ९७ हजार २२६ मत प्राप्त गरेका छन् । आयोगको विवरणअनुसार लोकतान्त्रिक समाजवादी पार्टीले ८६ हजार १३७, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५७ हजार ८०४, नेपाल संघीय समाजवादी पार्टीले ४४ हजार ४, नागरिक उन्मुक्ति पार्टीले ४० हजार ७४ र बहुजन एकता पार्टीले १८ हजार ४ मत प्राप्त गरेका छन् । 

    समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत मधेस प्रदेशमा कूल ३६ दल निर्वाचन प्रक्रियामा भाग लिएका थिए । त्यसमध्ये सबैभन्दा अन्तिममा रहेको बहुजन समाज पार्टीले ४६९ मत प्राप्त गरेको छ । आयोगले अन्य प्रदेशको पनि समानुपातिकतर्फको मतगणना जारी राखेको छ । प्रदेश नम्बर–१ मा १६ लाख ५४ हजार २८५ मतगणना भइसकेको छ ।

    बागमती प्रदेशमा १६ लाख १२ हजार ४९४, गण्डकी प्रदेशमा ९ लाख १८ हजार ८३९, लुम्बिनी प्रदेशमा १८ लाख ५९ हजार ६२, कर्णाली प्रदेशमा ५ लाख ७७ हजार ८२९ र सुदूरपश्चिम प्रदेशमा ८ लाख ७ हजार १३८ मतगणना भइसकेको छ । 

    प्रकाशित मिति :मंसिर १२ २०७९ सोमवार - १४:४१:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij