Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

सबै उम्मेदवारलाई चुनावी खर्च विवरण बुझाउन निर्वाचन आयोगको निर्देशन

सबै उम्मेदवारलाई चुनावी खर्च विवरण बुझाउन निर्वाचन आयोगको निर्देशन


  • 1.8K
    Shares

    सबै उम्मेदवारलाई चुनावी खर्च विवरण बुझाउन निर्वाचन आयोगको निर्देशन

    निर्वाचन आयोगले उम्मेदवार र राजनीतिक दललाई चुनावको खर्च विवरण बुझाउन निर्देशन दिएको छ। आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका सबै उम्मेदवारलाई खर्च विवरण बुझाउन निर्देशन दिएको हो।

    आयोगले सम्बन्धित जिल्ला तथा प्रदेश निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउन भनेको छ। प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा उम्मेदवारले मतदान भएको ३५ दिनभित्र खर्च विवरण बुझाउनुपर्ने कानूनी व्यवस्था रहेको छ।

    त्यस्तै, आयोगले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिएका दलहरूलाई पनि खर्च विवरण बुझाउन निर्देशन दिएको छ।

    यसअघि स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मेदवारलाई आयोगले जरिवाना तोकेको थियो। जरिवाना नतिरेका व्यक्तिले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा दिएको उम्मेदवारी रद्द गरिएको थियो।

     

    प्रकाशित मिति :मंसिर १२ २०७९ सोमवार - १४:२६:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij