Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

६ पार्टी राष्ट्रिय दल बन्ने पक्का, एकीकृत समाजवादीको अवस्था भने नाजुक !

६ पार्टी राष्ट्रिय दल बन्ने पक्का, एकीकृत समाजवादीको अवस्था भने नाजुक !


  • 3.7K
    Shares

    ६ पार्टी राष्ट्रिय दल बन्ने पक्का, एकीकृत समाजवादीको अवस्था भने  नाजुक !

    काठमाडौँ । प्रतिनिधिसभा समानुपातिकतर्फ अहिलेसम्मको परिणामअनुसार ६ पार्टी राष्ट्रिय दल बन्ने पक्का भइसकेको छ।

    राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कम्तीमा एउटा सिट जितेर समानुपातिकमा कूल सदर मतको ३ प्रतिशत मत (थ्रेसहोल्ड) कटाउनुपर्ने प्रावधान छ।

    निर्वाचन आयोगका अनुसार कूल मतदाता १ करोड ७९ लाख ८८ हजार ५७० रहेकामा यसको ६१ प्रतिशत अर्थात् १ करोड ९ लाख ७० हजार आसपास मत खसेको छ, भने अहिलेसम्मको गणनाअनुसार ३ लाख मत बदर भएको आकलन छ।

    अहिलेसम्मको हिसाबले कूल सदर मतको संख्या १ करोड ६ लाख ७० हजार हुन आउँछ। यसको ३ प्रतिशत ३ लाख २० हजार हुन्छ।

    यस आधारमा नेकपा एमाले, नेपाली काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) राष्ट्रिय दल बन्ने निश्चित भइसकेको हो।

    यसबिच सत्ता गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादी पनि थ्रेसहोल्ड कटाउन सङ्घर्षरत छ। एकीकृत समाजवादीले २ लाख ५१ हजार ४ सय ७६ समानुपातिक मत पाइसकेको छ। ३ लाख २० हजारलाई थ्रेसहोल्ड मान्दा प्रत्यक्षतर्फ १० सिट जितेको उसले समानुपातिकतर्फ अरू ७० हजार आसपास मत ल्याउनुपर्ने देखिन्छ।

    आयोगको तथ्यांकअनुसार अहिलेसम्म समानुपातिक मत ९२ लाख ८९ हजार ७ सय १६ गनिसकिएको छ। अहिलेसम्मको हिसाबमा कूल सदर मत १ करोड ६ लाख ७० हजार मान्दा अब १६र१७ लाख मत गन्न बाँकी देखिन्छ। यसबाट एकीकृत समाजवादीले ७० हजार मत पाउनुपर्ने हुन्छ।

    प्रकाशित मिति :मंसिर १२ २०७९ सोमवार - ११:५१:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij