Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

समानुपातिकतर्फ ८४ लाख मत गनियो, कुन दलको मत कति ?

समानुपातिकतर्फ ८४ लाख मत गनियो, कुन दलको मत कति ?


  • 2.8K
    Shares

    समानुपातिकतर्फ ८४ लाख मत गनियो, कुन दलको मत कति ?

    काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगले आज अपराह्न ३ बजेसम्म कूल ८७ लाख १ हजार ९९९ मत गणना सम्पन्न गरेको छ । मतगणना निरन्तर भइरहेको आयोगले जनाएको छ । पछिल्लो विवरण अनुसार मतपरिमाणमा नेकपा(एमाले)ले २३ लाख ९१ हजार ७७८ मत प्राप्त गरेको छ ।

    दोस्रोमा रहेको नेपाली कांग्रेसले २२ लाख ८३ हजार ६९० मत प्राप्त गरेको छ । तेस्रोमा रहेको नेकपा (माओवादी केन्द्र)ले नौ लाख ९९ हजार ८९० मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले नौ लाख ५८ हजार ७०३ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ९ हजार ४४२ मत प्राप्त गरेका छन् ।

    जनता समाजवादी पार्टीले ३ लाख ३३०, नेकपा (एकीकृत समाजवादी)ले दुई लाख ३५ हजार ३५९ मत प्राप्त गरेका छन् । आयोगका अनुसार जनमत पार्टीले दुई लाख ३५ हजार ८०१, नागरिक उन्मुक्ति पार्टीले २ लाख १ हजार ५०८, लोकतान्त्रिक समााजवादी पार्टीले एक लाख २२ हजार ६३६ मत प्राप्त गरेका छन् ।

    समानुपातिक निर्वाचन प्रणालीमा सहभागी भएका कूल ४७ दलमध्ये सबैभन्दा अन्तिममा रहेको नेश्नलिष्ट पिपल्स पार्टीले एक हजार ४९७ मत प्राप्त गरेको छ ।

    प्रकाशित मिति :मंसिर ११ २०७९ आइतवार - १५:५०:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij