Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

पुन: मतगणनाको माग गर्दै सञ्चारमन्त्री कार्कीले दिए निवेदन

पुन: मतगणनाको माग गर्दै सञ्चारमन्त्री कार्कीले दिए निवेदन


  • 1.7K
    Shares

    पुन: मतगणनाको माग गर्दै सञ्चारमन्त्री कार्कीले दिए निवेदन

    सुनसरी क्षेत्र नम्बर ४ मा पुनः मतगणना गर्नुपर्ने माग गर्दै सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निवेदन दिएका छन्। कांग्रेस उम्मेदवार रहेका कार्कीका प्रतिनिधिले निर्वाचन अधिकृतको कार्यालयमा पुन मतगणना हुनुपर्ने भन्दे निवेदन पेश गरेका हुन्।

    यहाँ ८१ हजार १ सय ७१ मत खसेको थियो। जसमध्ये ६१ हजार २ सय ६६ मतगणना भएपछि विवाद सुरु भएको थियो। मतगणनामा विवाद हुँदा शनिबारदेखि नै त्यहाँको मतगणना हुन सकेको थिएन्।

    सुरुमा नेपाली कांग्रेसले ६ सय मतगणनामा तलमाथि भएको दाबी गर्दै फेरि त्यसलाई गन्नुपर्ने अडान लिएको थियो। तर अहिले सम्पूर्ण मतगणना गर्नुपर्ने भन्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिइएको हो।

    विवाद बढ्दै गएपछि मतगणनास्थलमै कांग्रेस र नेकपा एमालेका प्रतिनिधिहरुबीच हात हालाहालको अवस्था भएको थियो। एमाले उम्मेदवार जगदीश कुसियैतसँग अघिपछि हुन थालेको अवस्थामा कार्कीले ६ सय मत तलमाथि भएको बताएका थिए। 

    त्यसपछि त्यहाँको विवाद समाधानका लागि निर्वाचन अधिकृतको कार्यालयले शनिबारै सर्वदलीय बैठक राखेको थियो। तर विवाद समाधान हुनुको साटो झन् झन चर्किएपछि आइतवार १० बजेसम्मलाई मतगणना रोकिएको थियो।

    कांग्रेसले पुनः मतगणनाको अडान लिइरहेका बेला एमालेले आयोगको निर्णय स्वीकार्ने बताइरहेको छ।

    प्रकाशित मिति :मंसिर ११ २०७९ आइतवार - १४:३५:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij