Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

समानुपातिक मतगणनामाथि निगरानी बढाउन सिके राउतले दिए यस्तो निर्देशन

समानुपातिक मतगणनामाथि निगरानी बढाउन सिके राउतले दिए यस्तो निर्देशन


  • 1.7K
    Shares

    समानुपातिक मतगणनामाथि निगरानी बढाउन सिके राउतले दिए यस्तो निर्देशन

    जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले समानुपातिक मतगणनामाथि निगरानी राख्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले आज लाइभ भिडियोमार्फत आफ्ना कार्यकर्तालाई सो निर्देशन दिएका हुन् ।

    ‘समानुपातिक मतगणनामा धाँधली र अनियमितता भइरहेको खबर जताततैबाट आइरहेका छन्, जनमत पार्टीलाई परेको मत लुकाउने, रेकर्डमा नदेखाउने जस्ता काम भइरहेकाले त्यसमाथि कडा निगरानी बढाउनुपर्छ’ अध्यक्ष राउतले निर्देशन दिँदै भनेका छन् । 

    ‘राष्ट्रिय पार्टी हुने कि नहुने समानुपातिक मतले तय गर्ने भएका हुनाले त्यसमाथि कडा निगरानी गर्नुपर्ने देखिएको बताउँदै उनले जनमत पार्टीले समानुपातिक मत धेरै पाएको छ, त्यो यताउती नहोस्’ त्यसमाथि निगरानी गर्नुपर्नै बताउँदै उनले भने ।

    प्रत्यक्षका लागि जसरी मतगणनास्थलमा निगरानी बढाइयो त्यसरी दुई/चार दिन मतदानस्थलमै रहन नेता तथा कार्यकर्तालाई उनले निर्देशन दिएका छन् ।

    उनले आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई कसैमाथि कुनै पनि गलत टिकाटिप्पणी नगर्न पनि आग्रह गरेका छन् । उनले आफ्ना नेता तथा कार्यकर्तालाई विनम्र रहन आग्रह गर्दै जनतासँग गरिएको वाचा कसरी पुरा गर्ने त्यसमा ध्यान दिन आग्रह गरेका छन् । 

    प्रकाशित मिति :मंसिर ११ २०७९ आइतवार - १३:५८:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij