Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

प्रतिनिधि सभा समानुपातिकतर्फको मतगणना जारी, कुन दलले कति मत पाए ?

प्रतिनिधि सभा समानुपातिकतर्फको मतगणना जारी, कुन दलले कति मत पाए ?


  • 2.1K
    Shares

    प्रतिनिधि सभा समानुपातिकतर्फको मतगणना जारी, कुन दलले कति मत पाए ?

    प्रतिनिधि सभा समानुपातिकतर्फको मतगणना जारी छ । यो समाचार बनाउँदासम्म नेकपा (एमाले) ले अग्रता लिइरहेको छ । उसले २३ लाख १० हजार ३३३ मत प्राप्त गरेको छ ।

    उसलाई पछ्याइरहेको नेपाली कांग्रेसको पक्षमा २२ ला १३ हजार ५७४ मत छ भने तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र) ले ९ ला ६८ हजार २५० मत प्राप्त गरेको छ ।

    चौथो स्थानमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छ । उसले ९ लाख २६ हजार ९२६ मत पाएकाे छ । रास्वपाले माओवादी केन्द्रलाई चुनौती दिँदैछ । यसअघि ऊ माओवादी केन्द्रभन्दा अगाडि थियो ।

    रास्वपालाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पछ्याइरहेको छ । राप्रपाले ४ लाख ८७ हजार ३६४ मत पाएको छ । मधेशवादी दल जनता समाजवादी पार्टी (जसपा) राप्रपाभन्दा पनि पछाडि छ । ऊ २ लाख ८९ हजार २२४ मतमा सीमित छ ।

    पूर्वप्रधानमन्त्रीसमेत रहेको माधवकुमार नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी) ले बल्लतल्ल २ लाख मत कटाएको छ । उसले २ लाख २३ हजार ६७३ मत पाएको छ ।

    एकीकृत समाजवादीलाई सीके राउत नेतृत्वको जनमत पार्टीले चुनौती दिइरहेको छ । उसले पनि २ लाख २३ हजार २९२ मत पाएको छ ।

    ५ महिनाअगाडि मात्रै गठन भएको रेशम चौधरीपत्नी रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी १ लाख ९८ हजार २२ मतसहित ९औं स्थानमा छ भने महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) १ लाख २० हजार ५१० मतमा सीमित छ ।

    नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले पनि ७० हजार ८ मत पाएको छ भने हाम्रो नेपाली पार्टीसँग ४७ हजार ९५० मत छ ।

    चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले ४३ हजार १०० समानुपातिक मत पाएका छन् । यस्तै मंगोल नेशनल अर्गनाइजेशनले पनि ४३ हजार ६४ मत पाएको छ ।

    नेपाल संघीय समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी)ले क्रमश: २८ हजार ७९१ र २४ हजार ३०७ मत प्राप्त गरेका छन् । राष्ट्रिय जनमुक्ति पार्टीको पक्षमा १७ हजार ८८१ पर्दा जनता प्रगतिशिल पार्टी, नेपाललाई १५ हजार २१६ मत परेको छ ।

    यसैगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १४ हजार ४१८, नेपाली कांग्रेस (वीपी) ले १० हजार ६८६, नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टीले संयुक्तरूपमा १० हजार ४२९ र राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले ९ हजार ४४० मत प्राप्त गरेका छन् ।

    बहुजन एकता पार्टी, नेपालले पनि ९ हजार २९९ मत पाएको छ भने नेपाली जनता दल ७ हजार ६२७ मतमा सीमित छ । नेपालका लागि नेपाली पार्टी र बहुजन शक्ति पार्टीले क्रमश: ६ हजार ९४५ र ६ हजार १४२ मत पाएका छन् ।

    यस्तै नेपाल जनता पार्टीले ६ हजार १००, नेपाल लोकतान्त्रिक पार्टीले ५ हजार ९२९, पाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)ले ५ हजार ८९८, मितेरी पार्टी नेपालले ५ हजार ८५१, नेपाल कम्युनिष्ट पार्टीले ५ हजार ८३४, आमूल परिवर्तन मसिहा पार्टी नेपालले ५ हजार ४६८, जनजागरण पार्टी नेपालले ४ हजार ७५७, जनसमाजवादी पार्टी, नेपालले ४ हजार ६१६ र सामाजिक एकता पार्टी/नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)/नेपाल दलित पार्टीले संयुक्तरूपमा ४ हजार ५३३ मत पाएका छन् ।

    विवेकशील साझा पार्टीले ३ हजार १४९, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले ३ हजार ०५६, पिछडावर्ग निषाद दलित जनजाति पार्टीले २ हजार ९७६, एकीकृत शक्ति नेपालले २ हजार ८७५, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) ले २ हजार ७९०, राष्ट्रिय मुक्ति आन्दोलन, नेपालले २ हजार ७२५, मौलिक जरोकिलो पार्टीले २ हजार ६४५ र तराई मधेश लोकतान्त्रिक पार्टीले २ हजार ४०२ समानुपातिक मत बटुलेका छन् ।

    नेपाल समावेशी पार्टीले २ हजार ९३ मत पाएको छ भने नेपाल कम्युनिष्ट पार्टी परिवर्तनको पक्षमा १ हजार ६१६ मत खसेको छ । राष्ट्रिय नागरिक पार्टी र नेश्‍नलिष्ट पिपल्स पार्टीले क्रमश: १ हजार ५३३ र १ हजार ३७४ मत देखिन्छ ।

    प्रकाशित मिति :मंसिर ११ २०७९ आइतवार - १२:२२:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij