Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

जेलमै पुगेर प्रचण्डले किन भेटे रेशम चौधरीलाई ?

जेलमै पुगेर प्रचण्डले किन भेटे रेशम चौधरीलाई ?


  • 2.0K
    Shares

    जेलमै पुगेर प्रचण्डले किन भेटे रेशम चौधरीलाई ?

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नागरिक उन्मुक्ति पार्टीलाई आगामी सरकारमा सहभागी हुन आग्रह गरेका छन्। शुक्रबार साँझ डिल्लीबजारस्थित जेलमा रहेका नेता रेशम चौधरीलाई भेटेर प्रचण्डले सत्ता गठबन्धनमा आवद्ध हुन आग्रह गरेका हुन्। 

    चौधरीसँग प्रचण्डले दुई घण्टा बढी छलफल गरेका थिए। थरुहट आन्दोलनका क्रममा वि.सं २०७२ भदौ ७ गते घटेको 'टीकापुर घटना'मा अदालतबाट दोषी ठहर भएपछि चौधरी अहिले जेलमा रहेका छन्। 

    भेटमा प्रचण्डले टीकापुर घटनामा पक्राउ परेकालाई आरोपीलाई रिहाईको लागि आफूले सक्दो प्रयत्न गर्ने प्रतिबद्धता जनाएका छन्। स्रोतका अनुसार प्रचण्डले भने,‘टीकापुर घटनाका आरोपीलाई रिहाईको लागि सक्दो प्रयत्न गर्छु। तपाईहरुको नागरिक उन्मुक्ति पार्टी सत्ता गठबन्धनमा आबद्ध हुनुहोस्।’

    भेटमा चौधरीले टीकापुर घटना राजनीतिकरण भएको, आरोपीलाई रिहाई गर्नुपर्ने र लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिकलगायतका सर्त राखेका छन्। प्रचण्डसँग चौधरीले भने,‘टीकापुर घटनाका आरोपीलाई रिहाईको विषय त छदैँछ। टीकापुर घटनालाई राजनीतिक हिसाबले राज्यले हेर्नुपर्‍यो, हामीमाथि लगाइएका झुटा मुद्दा खारेज गर्नुपर्‍यो। लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्‍यो।’

    यस अगाडि नै सरकारले सरकारले टीकापुर घटनासम्बन्धी मुद्दा खारेज गर्ने निर्णय गरेको छ। तर कार्यान्वयन भएको छैन। थरुहट थारुवान संयुक्त संघर्ष समिति र तत्कालीन केपी ओली नेतृत्वको सरकारबीच वि.सं २०७८ जेठ १८ गते ६ बुँदे सहमति भएको थियो। सहमतिको पहिलो बुँदामै थरुहट थारुवान आन्दोलनका क्रममा टीकापुरमा भएको दुःखद् घटनामा आरोपित थारु कल्याणकारिणी सभाका सभापति धनिराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरीलगायत माथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुनसम्मत पहल गर्ने उल्लेख थियो। 

    टीकापुर क्षेत्रमा तिनै रेशम चौधरीको विरासत नागरिक उन्मुक्ति पार्टीले जोगाएको छ। प्रतिनिधि सभामा १ स्वतन्त्रसहित ४ सिट र प्रदेशमा ७ वटा सिटमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ। पछिल्लो मतगणना अनुसार कैलाली-१ रन्जिता श्रेष्ठ, कैलाली-२ अरुन कुमार चौधरी, कैलाली-३ गंगाराम चौधरी र कैलाली-४ मा रेशमको उम्मेदवार खारेज भएपछि स्वतन्त्र उम्मेदवारी बनेका रेशमका बुबा लालविर चौधरीले बर्दिया-२ जित हासिल गरेका छन्। रेशम जेलमा रहेकाले श्रीमती रन्जिता श्रेष्ठको नाममा पार्टी दर्ता गरेर निर्वाचनमा होमिएको थियो।

    प्रकाशित मिति :मंसिर ११ २०७९ आइतवार - १२:०२:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij