Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

सञ्चारमन्त्रीले धाँधली भयो भनेपछि रोकिएको गणना सुचारु गर्न सुनसरी ४ मा सर्वदलीय बैठक सुरू

सञ्चारमन्त्रीले धाँधली भयो भनेपछि रोकिएको गणना सुचारु गर्न सुनसरी ४ मा सर्वदलीय बैठक सुरू


  • 1.6K
    Shares

    सञ्चारमन्त्रीले धाँधली भयो भनेपछि रोकिएको गणना सुचारु गर्न सुनसरी ४ मा सर्वदलीय बैठक सुरू

    सुनसरीको क्षेत्र नम्बर ४ मा शनिबार साँझबाट स्थगित मतगणना सुचारू गर्ने बारे छलफल गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक सुरू भएको छ ।

    बैठकमा मुख्य निर्वाचन अधिकृत, प्रशासन, सुरक्षा निकायका प्रमुख, उम्मेदवारहरू सहभागी छन् । यहाँ एमालेका उम्मेद्वार जगदिश कुसियत र गठबन्धनबाट कांग्रेसका उम्मेदवार सञ्चारमन्त्रीबीच प्रतिस्पर्धा छ ।

    शनिबार साँझको अपडेट अनुसार यहाँ कार्कीले झिनो मतले लिड गरेका छन् । कांग्रेसले पकड मानेको क्षेत्रबाट अपेक्षित मत नखसेपछि कार्कीले धाँधली भएको भन्दै गणनाको उत्तरार्द्धमा पुन: मतगणनाको माग गरेपछि यहाँ विवाद भएको थियो ।

    एमाले नेताहरूले भने गणना सकिएको मतलाई कायम गरेर मतगणनालाई निरन्तरता दिनुपर्ने बताएका छन् । गणनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति छ । सर्वदलीय बैठकमा पत्रकारलाई प्रवेश दिइएको छैन ।

    प्रकाशित मिति :मंसिर ११ २०७९ आइतवार - ११:१९:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij