Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

यही गठबन्धनलाई निरन्तरता दिन बालुवाटारमा देउवा-प्रचण्ड छलफल

यही गठबन्धनलाई निरन्तरता दिन बालुवाटारमा देउवा-प्रचण्ड छलफल


  • 2.0K
    Shares

    यही गठबन्धनलाई निरन्तरता दिन बालुवाटारमा देउवा-प्रचण्ड छलफल

    मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभाको मतपरिणाम सार्वजनिक भइरहेका बेला सत्तारूढ नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शनिबार बिहान छलफल भएको छ।

    प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान १० बजेदेखि एक घन्टासम्म भएको छलफलमा चुनावी नतिजा र आगामी सरकार निर्माणबारे चर्चा भएको थियो। प्रधानमन्त्री देउवाका प्रेस विज्ञ गोविन्द परियारका अनुसार छलफलमा देउवा र प्रचण्ड यही गठबन्धनलाई निरन्तरता दिनुपर्नेमा एकमत भएका छन्।

    गठबन्धनलाई निरन्तरता दिने समानुपातिकतर्फको मतगणना भइसकेपछि गठबन्धनका दलहरू र अन्य दलहरूसँग छलफल गर्ने पनि उनीहरूबीच समझदारी भएको छ।

    प्रकाशित मिति :मंसिर १० २०७९ शनिवार - १६:०१:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij