Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

लालबाबु पण्डितलाई पराजित गर्दै मोरङ–६ बाट शेखर कोइराला निर्वाचित

लालबाबु पण्डितलाई पराजित गर्दै मोरङ–६ बाट शेखर कोइराला निर्वाचित


  • 1.8K
    Shares

    लालबाबु पण्डितलाई पराजित गर्दै मोरङ–६ बाट शेखर कोइराला निर्वाचित

    मोरङ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पछिल्लो मतपरिणामअनुसार मोरङ निर्वाचन क्षेत्र नं ६ बाट सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता डा शेखर कोइराला ३५ हजार दुई सय २४ मत प्राप्त गरी विजयी भएका छन् ।

    उनका निकटतम प्रतिद्वन्द्वीमा नेकपा (एमाले)का लालबाबु पण्डितले २२ हजार नौ सय ४६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलले जानकारी दिए । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले नौ हजार एक सय ४० मत प्राप्त गरेका छन् ।

    निर्वाचन क्षेत्र नं ६ (२) बाट प्रदेशसभामा नेपाली कांग्रेसका उम्मेदवार एवं प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की १० हजार चार सय ५० मत प्राप्त गरी विजयी भएका छन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्ण बस्नेत (पर्शुराम)ले नौ हजार दुई सय ७३ प्राप्त गरेका छन् । तेस्रो स्थानमा राप्रपाका राजेशकुमार मास्केले तीन हजार आठ सय ३७ मत प्राप्त गरेका हुन् ।

    प्रकाशित मिति :मंसिर ९ २०७९ शुक्रवार - १५:४१:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij