Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

काठमाडौं–१ मा निर्वाचित प्रतिनिधिसभाका सांसद सिंहले लिए प्रमाण-पत्र

काठमाडौं–१ मा निर्वाचित प्रतिनिधिसभाका सांसद सिंहले लिए प्रमाण-पत्र


  • 2.2K
    Shares

    काठमाडौं–१ मा निर्वाचित प्रतिनिधिसभाका सांसद सिंहले लिए प्रमाण-पत्र

    काठमाडाैं । निर्वाचन आयोगले काठमाडौं क्षेत्र नम्बर १ बाट विजयी भएका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यलाई निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ ।

    नयां बानेश्वरस्थित संसद भवनमा शुक्रबार आयोजित एक कार्यक्रममा आयोगले काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित कांग्रेसका प्रकाशमान सिंहलाई प्रमाणपत्र हस्तान्तरण गरेको हो ।  यसैगरी, आयोगले काठमाडौं क्षेत्र नम्बर १ (१ र २)बाट प्रदेशसभा सदस्यमा निर्वाचित दीपेन्द्र श्रेष्ठ र सुरजचन्द्र लामिछानेलाई पनि प्रमाणपत्र दिएको हो ।

    सिंहले राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रलाई पराजित गरेका हुन् । सिंहले ७ हजार १४३ मत ल्याएर निर्वाचित हुँदा मिश्रले ७ हजार १८ मत ल्याएर पराजित भए । यसैगरी काठमाडौं– १ (१)मा कांग्रेसका दीपेन्द्र श्रेष्ठले राप्रपाका नविन शाहीलाई पराजित गरे । श्रेष्ठले ६ हजार ३०० मत ल्याएर विजयी हुँदा र शाहीले ३ हजार ५०४ मत पाउँदा पराजित भए ।

    काठमाडौं–१ (२)मा सुरजचन्द्र लामिछानेले ४ हजार ५१० मतसहित एमालेका गणेशप्रसाद दुलाललाई हराउँदै विजयी भए । दुलालले २ हजार ७५३ मत ल्याए ।

    प्रकाशित मिति :मंसिर ९ २०७९ शुक्रवार - १५:२९:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij